Loading... आजः ४ मंसिर २०८१, मंगलवार

एमाले नेता कंडेल फेरि प्रदेश सभा चुनाव लडने


सुर्खेत ।
कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भन्दै २०७४ सालको निर्वाचनमा प्रदेश सभा झरेका एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल आगामी मंसिरमा हुने निर्वाचनमा पुनः प्रदेश सभाबाटै चुनाव लडने भएका हुन ।

शनिबार बसेको नेकपा एमाल निर्वाचन क्षेत्र समन्वय कमिटीको कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो ।

‘उहाँलाई आजको वैठकले सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।’

एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सनाले भने, ‘अन्य क्षेत्रका सांसदका उम्मेदवार छनौट प्रक्रिया अहिले जारी छ ।’

 


सम्बन्धित समाचार