Loading... आजः ४ मंसिर २०८१, मंगलवार

एमाले हुम्लाको नाम टुंगो लगाउन नेपालगञ्जको सिद्धार्थमा हाइकमाण्डको बैठक

 

सिमकोट ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) हुम्लाको प्रदेश निर्वाचन (ख) बाट छिमि लामासहिअत चार जनाको सिफारिस भएका छन् ।

जिल्ला सदरमुकाममा जारी जिल्ला कमिटिको बैठकले प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ तीन जना र समानुपातिक निर्वाचनतर्फ एक गरेर चार जनाको नाम सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ पहिलो संविधान सभाका सभासद छिमिदोर्जी लामा, नेकपा (एमाले) हुँम्लाका उपाध्यक्ष डबल रावत, प्रदेश कमिटि सदस्य उत्तम लामालाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रदेश कमिटि सहसचिव रुपा शाहीलाई एकल सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई निर्वाचन क्षेत्र भएको हुम्लामा प्रदे शनिर्वाचन क्षेत्र (क) को टुंगो भने लागि नसकेको बताइएको छ । लगातार तीन देखिको खराब मौशमका कारण जिल्ला बाहिर भएका मुख्य नेताहरु जिल्लामा आउन नसेकेपछि नेताहरु बढि भएको प्रदेश क र प्रतिनिधि सभाका लागि उम्मेरदवारको सिफारिसमा ेकहि ढिलाई भएको हो ।

जिल्लाको बैठकका लागि तीन दिन देखि नेपालगञ्जमा रहेका जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, सहइन्चार्जद्धय दल रावल र दल फडेरा, संविधान सभा सदस्य छिमिदोर्जी लामा लगायतको टोली जिल्ला पुग्न नसकेपछि प्रदेश (क) र प्रतिनिधि सभाका लागि सिफारिसमा ढिलाई भएको जिल्ला कमिटि हुम्लाले जनाएको छ । यद्यपी छलफलका लागि सिमकोटको मानसरोवर होटेलमा जिल्ला कमिटिको बैठक जारी छ ।

उम्मेरदवारको टुंगो लगाउन जिल्लामा जान नसकेका नेताहरुको बैठक नेपालगञ्जको होटेल सिद्धार्थ भ्यूमा बसिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, सहइन्चार्जद्धय दल रावल र दल फडेरा, संविधान सभा सदस्य छिमिदोर्जी लामाको बैठकले गरेको निर्णयलाई जिल्लाको बैठकले अनुमोदन गर्ने बताइएको छ ।


सम्बन्धित समाचार