Loading... आजः २३ मंसिर २०८२, मंगलवार

६० जना स्वास्थ्यकर्मीद्धारा सामूहिक राजिनामा

सुर्खेत ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका ६० जना स्वास्थ्यकर्मीले बुधबार सामूहिक राजीनामा दिएका छन् ।

गत भदौ २ गते उपचारमा लापरबाही गरेको भन्दै प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’ मा रहेका डाक्टर करण साहमाथि प्रतिष्ठानमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेको घटनालाई लिएर जिल्ला अदालत जुम्लाले डाक्टर साहमाथी पक्राउ पुर्जी जारी गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन् ।

उपकुलपतिको कार्यालयलाई सामूहिक रुपमा पत्र लेख्दै स्वास्थ्यकर्मीहरुले राजीनामा दिएको घोषणा गरेका हुन् । डाक्टर साहमाथी जारी भएको पक्राउ पुर्जी फिर्तासहित स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुको छ ।


सम्बन्धित समाचार