स्वास्थ्य प्रतिष्ठानको विषयमा छानविन समिति बनाउन स्थापना पहल समिति संयोजक भण्डारीको माग
सुर्खेत ।
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेका विभिन्न थरि आन्दोलनका बारेमा प्रतिष्ठानका सिनेटर, पुर्व मन्त्री नरेश भण्डारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले प्रतिष्ठानको भविष्य धमिलो पार्ने गरि भइरहेका हर्कतले गम्भीर तूल्याएको भन्दै सरकारसँग छानविन सुमिति बनाउन माग समेत गरेका छन् ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य धमिलो पार्ने पछिल्ला गतिविधिहरुले गम्भीर र संवेदनशील बनाएका छन् । कलुषित मानसिकताका साथ कुत्सित उदेश्य पुरा गर्ने प्रवृति सलबलाई रहेको अनुभूति भएको छ । पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान गर्ने उदेश्यले स्थापित कर्णाली तथा मुलुककै गौरवको यस संस्थाको भविष्यमा प्रतिकुल प्रभाव पार्ने कार्यमा विराम लगाउन विलम्ब गरिनु हुदैन ।’
उनले भनेका छन्, ‘तसर्थ घटनाको सत्य तथ्य छानवीनका लागि एक उच्चस्तरीय छानवीन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्दछुँ । स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर नियमित काममा फर्कन समेत अपिल गर्दछुँ ।’
पहिलोप्रेस
२३ भाद्र २०७९, बिहीबार ०७:२५