Loading... आजः ३ मंसिर २०८१, सोमबार

सुर्खेतमा माओवादी र काँग्रेसबीच भागवण्डा, समाजवादी ‘आउट’

प्रदेश सभा सदस्य उम्मेदवारमा माओवादीका विष्ट र जिसी ‘फिक्स’

सुर्खेत ।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच सहमति नहुँदा एमालेले लाभ लिएको निष्कर्षसहित सुर्खेतमा माओवादी र काँग्रेसको गठबन्धन हुने पक्का भएको छ ।

केन्द्रमा भएको सहमति अनुसार काँग्रेसले दुइ प्रतिनिधि सभा सिटसहित दुइ प्रदेश सभा सदस्यमा चुनाव लडने भएको छ ।

माओवादी दुइ प्रदेश सभा सदस्यमा चुनाव लडनेछ ।

यो सहमति अनुसार काँग्रेस र माओवादीले गठबन्धनबाट समाजवादीलाई करिब ‘आउट’ गरेका हुन ।
नेकपा माओवादी केन्द्रको भागमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको ‘ख’ र दुइको ‘ख’ भाग परेपछि दुइ दलबीच गठबन्धन हुने पक्का भएको हो ।

स्रोतका अनुसार निर्वाचन क्षेत्र नम्बर एकको ‘ख’ बाट प्रदेश सभा सदस्य कृष्ण जिसी जितेन्द्र तथा दुइको ‘ख’बाट विन्दमान विटले टिकट पाउने निश्चित भएको हो ।

यस्तै, प्रतिनिधि सभातर्फ पनि उम्मेदवार निश्चित भएको छ ।

निर्वाचन क्षेत्र नम्बर एकबाट काँग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का चुनाव लडने भएका छन भने निर्वाचन क्षेत्र नम्बर दुइबाट हृदयराम थानी लडने निश्चित भएको छ ।

गएराती सत्तारुढ गठबन्धन दलबीच भएको सहमति अनुसार निर्वाचन क्षेत्र नम्बर एक को ‘क’ मा नेपाली काँग्रेस तथा दुईको ‘क’ मा पनि काँग्रेसले नै पाउने निश्चित भएको छ ।

यद्यपी, नेकपा एकीकृत समाजवादीले पनि निर्वाचन क्षेत्र नम्बर दुइ ‘ख’ मा दाबी छोडेको छैन । तर उक्त क्षेत्रमा माओवादीले नछोडने भनेको बेला समाजवादीको यो क्षेत्रमा चुनाव लडने सम्भावना अत्यन्तै न्यून रहेको हो ।

समाजवादीबाट यो क्षेत्रमा उम्मेदवारका आकांक्षी नेकपा एसका जिल्ला अध्यक्ष मोहन बडुवाल हुन । उनले यसअघि नै आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् ।

सुर्खेतको पश्चिम क्षेत्रमा समाजवादीको पनि राम्रो पकड भएका कारण यहाँ माओवादी र समाजवादीबीच उम्मेदवारी माग्ने विषयमा विवाद भइरहेको छ ।

केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले नै पाएपछि समाजवादीको ‘च्याप्टर क्लोज’ भएको हो ।

 


सम्बन्धित समाचार