Loading... आजः ३ मंसिर २०८१, सोमबार

एमाले कर्णाली प्रदेश कमिटिले सिफारिस भएकाहरुको नाम केन्द्रमा पठायो

३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटि गठन


सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटिको वैठकले दशै जिल्लाबाट आगामी मंसिर ४ गते हुने चुनावका लागि संघ, प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवरहरुको नाम केन्द्रमा पठाएको छ ।

एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरुबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख सुर्यमणि गौतमले बताए ।

उनका अनुसार नेकपा एमालेले कर्णाली प्रदेशमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटि समेत गठन गरेको हो । उक्त कमिटि प्रदेश अध्यक्ष विनोद कुमार शाहको संयोजकत्वमा गठन गरिएको हो ।

निर्वाचन परिचालन कमिटीमा प्रदेश कमिटीका सदस्यहरु, पार्टीका जिल्ला अध्यक्षहरु, प्रदेशस्तरका जनसंगठनका अध्यक्ष र सचिवहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

अध्यक्ष शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले टोलसम्म ७ तहका निर्वाचन परिचालन गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै पार्टी प्रदेश अध्यक्ष कमरेड सचिवालय गठन गरेको छ ।


सम्बन्धित समाचार