Loading... आजः ३ मंसिर २०८१, सोमबार

कर्णालीका समस्या देशलाई सुनाउन संघमा मेरो दावेदारीः एमाले नेता रेग्मी


सुर्खेत ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट सांसद पद समेत त्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका दैलेख एमालेका प्रभावशाली नेता धर्मराज रेग्मी संघीय प्रतिनिधि सभाको उम्मेदवारका लागि दैलेख निर्वाचन क्षेत्र नम्बर एकबाट सिफारिस भएका छन् ।

झण्डै चालिस महिने प्रदेश सभाको कार्यकालमा उनी कानून निर्माणमा अत्यन्तै खटिए ।

आफ्नै दलको सरकार हुँदा पनि सरकारका काम कारवाहीमाथि गम्भीर प्रश्न उठाउने नेता रेग्मी माओवादी नेतृत्वका सरकारसँगको बढदो दुरिका बीचबाट उनी एमाले प्रवेश समेत गरेका थिए । निर्धक्क सदनमा कुरा राख्ने, खबरदारी गर्न पछि नपर्ने नेता रेग्मी कानूनका ज्ञाता समेत हुन ।

अधिवक्ता समेत रहेका युवा नेता रेग्मीसँग हामीले प्रतिनिधि सभाको निर्वाचन लडनुका कारण र प्राथमिकताका बारेमा सोधेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सारसंक्षेपः

तपाईको ४० महिने प्रदेश सभाको कार्यकालमा के गर्नुभयो ?

मैले कर्णाली प्रदेशसभाको मेरो ४० महिने कार्यकालमा प्रदेश कानुन निर्माण, शुशासन र भ्रस्टाचार बिरोधि अभियान्ताका रूपमा अनवरत रूपमा प्रदेश सभामा आवाज बुलन्द गर्ने काम भयो ।
जनताका आवाज प्रदेशसभामा मुखरित गर्न मैले कसैको डर प्रलोभन र लोभमा नपरी सरकारमाथी निरन्तर प्रश्न उठाइरहे ।

राजनीतिक र प्रशासनिक नेतृत्व तहमा हुने भ्रष्टाचार र कमिसनतन्त्रले कर्णालीको गरिबी र बेरोजगारी र अव्यवस्थालाई देखाएर आफ्नो लुटको साम्राज्य चलाइरहेका छ्न । जनप्रतिनिधिको रूपमा मैले लगातार त्यसबिरुद्व आवाज उठाए ।

अावाज  उठाउनु बाहेक अन्य काम गरिएन भन्न खोज्नु भएको हो ?

त्यस्तो होइन, विकास निर्माणका काम पनि धेरै भएका छन् । मेरो निर्वाचन क्षेत्रमा यो अवधिमा २९ वटा विधालय भवन निर्माण गरिएको छ । केही रणनीतिक सडक, खानेपानी र कृषि, स्वास्थ क्षेत्रमा उल्लेख्य काम भएका छन् ।

मुलतः सांसदका काम कानून बनाउने, त्यसलाइृ पारित गर्ने, सरकारलाई गुण र दोषका आधारमा खबरदारी गर्ने कार्यभार हुन्छ । मैले चालीस महिना सांसद हुँदै गर्दा त्यो काममा सफलता पाएँ जस्तो लाग्छ ।

तपाई प्रदेशमा आएर मन्त्री हुनुपर्ने, मुख्यमन्त्री हुनुपर्ने तर संघमा किन सिफारिसमा पर्नुभयो ?
प्रदेश सरकारको मन्त्री मुख्यमन्त्री भन्दा पनि मलाई पार्टीले दिने भूमिका महत्वपूर्ण हो ।

यो पटक मलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि निर्वाचन क्षेत्रबाट सिफारिश गरेको हो ।
यदि पार्टीले मलाई दैलेख १ बाट उम्मेदवार बनाएछ र जनताले निर्वाचित गराए भने म मुलभुत रूपमा संघिय संसदमा बिधायिकी काममा सक्रिय रहनेछु ।

एउटा सांसदको पहिलो काम कानुन निर्माण नै हो । बिकास निर्माणको सन्दर्भमा हाम्रो पहिलो र मुख्य प्राथमिकता सुर्खेत– दैलेख बजार हुँदै महावु

जाने मोटरबाटो (डबल लेन) सहित स्तरउन्नति गर्ने हो । यसलाई हामी रास्ट्रीय प्राथमिकता भित्र पार्छौ ।

हामीले कर्णाली प्रदेशका समस्या र आवाज देशलाई सुनाउनु छ र निति निर्माण तहलाई झल्काउनु छ त्यसैले मेरो रुचि चहाना र उम्मेदवारी संघ तिर हो ।


सम्बन्धित समाचार