Loading... आजः ४ मंसिर २०८१, मंगलवार

प्रदेश सभामा माओवादीले यसपटक अवसर दिनेमा हुम्लाका परियार ढुक्क

११ वर्ष सम्म गरेको शिक्षण पेशा त्योगेर भूमिगत भएका थिए परियार


सुर्खेत ।
छत्रपाल आधारभुत विद्यालय अदानचुलीमा ११ वर्षसम्म अध्यापन गराइरहेका हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. १ का ४५ वर्षीय रणसिंह परियार शिक्षक पेसाबाट राजीनामा दिएर २०५८ सालमा भूमिगत भए ।

त्यो भन्दा अगाडी कम्युनिष्ट राजनीति तथा शिक्षण पेशामा सक्रिय परियार २०४५ साल देखि नै कम्युनिष्ट आन्दोलनमा लागि परेका छन् ।

तत्कालिन नेकपा माले निकट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका परियार हाल नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य छन भने दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्जको भूमिकामा क्रियाशील छन् ।

पिछडिएको दलित समूदायको प्रतिनिधित्व गर्ने नेता परियार हालसम्म लाभको पदमा पुगेका छैनन् । उनाई पार्टीले २०६४ सालमा समानुपातिक सांसदा सिफारिस गरेपनि उनलाई उक्त अवसर मिलेन ।
२०७० र २०७४ सालमा उनी पार्टीको अवसरबाट बञ्चित भए ।

हाल प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट उनी प्रत्यक्ष उम्मेदवारका आकांक्षी पनि छन् । उनी मात्रै होइन, हुम्ला जिल्ला अध्यक्ष डा. दिपेन्द्र रोकाया पनि उम्मेदवार बन्न आकांक्षी छन् । उनी कर्णाली योजना आयोगका सदस्य समेत भइ अनुभव लिइसकेका छन् ।

यस्तै, मानबहादुर थापा पनि प्रदेश सभा सदस्य पदका लागि दावेदार हुन । उनी नेकपा माओवादी केन्द्रमा २०७५ सालमा मालेबाट पार्टी एकता प्रक्रियामा समाहित भएर आएका थिए ।

‘म दलित समूदायको तर्फबाट प्रतिनिधित्व गर्ने भएका कारण र लामो समय मैले हुम्लाको राजनीतिमा त्याग गर्दै आएका कारण नेकपा माओवादी पार्टीले यसपटक मलाई न्याय दिने देखेको छु ।’

पहिलोप्रेससँग कुरा गर्दै परियार भन्छन्, ‘विगतमा पार्टी काममा मात्र खटियो । अब जनताको काममा खट्न मात्र एक कार्यकालको अवसर पाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

उनले आफू प्रदेश सभा सदस्य पदको उम्मेदवार भइ विजयी भएमा आम दलित समूदायको आर्थिक स्तर उकास्नका लागि पहल गर्ने सपना देखाउँछन् ।

‘हाम्रो समाजमा दलित समूदायसँग सीप छ, कला छ तर जमिन छैन ।’ उनी भन्छन्, ‘दलित समूदायको सीपलाई उद्योगमा रुपान्तरण गर्दै त्यसलाई बजारीकरण गर्न सकिए उनीहरुको आयस्तर बढने देखिन्छ । मेरो पहिलो प्राथमिकता यहि हुनेछ ।’ उनले अहिले दलित समूदायले खलो, मानो, मुठोमा आफ्नो सीप विक्री गर्दै आइरहेको बताए ।

उनले हुम्लामा पाईने जडिवुटीका लागि त्यहाँ साना प्रशोधन उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताए । हुम्लाका गाउँ वस्तीमा सडक नपुगेको बताउँदै त्यसमा पनि आफ्नो प्राथमिकता रहने उनी बताउँछन् ।

यसका अलावा, शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि काम गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।


सम्बन्धित समाचार