सुर्खेतको विकास गर्न नयाँ पात्र नआई सम्भव नभएको इन्चार्ज मल्लको दाबी
सुर्खेत ।
नेकपा माओवादी केन्द्रका सुर्खेत इन्चार्ज झकबहादुर मल्लले सुर्खेतको विकास गर्न नयाँ पात्र नआई सम्भव नभएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मल्ले नयाँ पात्र नआई पुरानै पात्रबाट सुर्खेतको समस्या समाधान नहुने बताएका हुन ।
उनले सुर्खेतको सम्बन्धी पछौटे सोचले ग्रस्त राजनीतिक चेतनाको जालो तोड्न आफूले उम्मेदवारी दिन खोजेको समेत बताएका छन् ।
सत्तारुढ गठबन्धन दलहरुबीच सिट भागवण्डा हुँदा संघ तर्फका दुवै सिट काँग्रेसले नै पाउने भएपछि आक्रोस मिश्रित उनको धारणा सामाजिक सञ्जालमा पोखिएको हो ।
उनले लेखेको स्टाटस यस्तो छः
उम्मेदवारी के के नै चमत्कार गर्छु भनेर सिफारिस गरेको होइन । देशमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न नीतिगत पहल गर्ने सोचले हो । आम किसान, मजदुर, भूमिहीन सुकुम्बासीका समस्या समाधानमा पहल गर्ने विचारले हो । देशकै विकासमा पछाडि पारिएको कर्णालीको आवाज राज्यले सुन्ने गरी उठाउँ भनेर हो । कर्णाली प्रदेशको राजधानी भएर पनि विद्युत, खानेपानी, सडक, सिचाई जस्ता तमाम समस्या झेलिरहेका सुर्खेती जनताको सेवा गर्ने चाहनाले हो । मुख्य कुरा त सुर्खेतको विकास सम्बन्धी पछौटे सोचले ग्रस्त राजनीतिक चेतनाको जालो तोड्न हो । जुन कुरा कोही नयाँ पात्र नआई सम्भव नैं छैन ।
पहिलोप्रेस
२४ भाद्र २०७९, शुक्रबार ०९:१६