कर्णालीका मुख्यमन्त्री शाहीलाई सत्तारुढ सांसद कै गम्भीर प्रश्नः गाडी भीरमा खसालेर साइकल वितरण गरे जस्तो नगरौं न…
माननीय मुख्यमन्त्री ज्यु,
नमस्कार !
आज तपाई जुम्ला जिल्लास्थित नेपाली भाषाको उद्गम स्थल अर्थात् खस सभ्यताको केन्द्र ऐतिहाँसिक सिंजा उपत्यकाको राजकीय भ्रमणमा हुनुहुन्छ भन्ने खबरले खुसी नै तुल्याएको छ । तर केही प्रश्नहरु मस्तिष्कमा नाचिरहेका छन् ।
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक किन तुहाइदैछ भन्ने प्रश्न जनताहरुले तारन्तर गरिरहेका छन् ।
तपाई स्वयं सरकार प्रमुख त्यही भुमीमा पाइला टेकेकाले ती महत्वपुर्ण विधेयकहरु किन तुहाइयो भन्ने यक्ष प्रश्नहरुको यथार्थपरक जवाफ दिनु हुनेछ भन्नेमा बिश्वस्त छुँ।
सिंजा गाउँपालिका १ मा प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न कर्णाली प्रदेश सरकारको क्याविनेटबाट भएको निर्णय कार्यान्वयन नभएकोमा जनताले गुनाशो गरिरहेका छन् । जनगुनासो निवारण हुनेमा आशावादी छुँ ।
कनकासुन्दरी गापाको खिच्चनेमा विशेष आर्थिक क्षेत्र स्थापनार्थ संघिय सरकारबाट निर्णय भएको र आंशिक कार्यान्वयन पनि भएको जानकारी गराउदछुँ ।
यद्यपी कार्यान्वयनको गति धिमा छ । त्यही स्थानमा कर्मचारी प्रशिक्षण केन्द्र स्थापना गर्न तपाई स्थलगत अवलोकन गर्दै हुनु हुन्छ भन्ने सुन्नमा आएको छ ।
२ महिना अगाडि मात्रै पारित प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमा उल्लेख नभएको र निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा प्रशिक्षण केन्द्र स्थापना कसरी हुन सक्ला ?
प्रशिक्षण केन्द्र स्थापना गर्ने हो भने अर्को नयाँ स्थान चयन गर्दा उपयुक्त होला कि !
मुख्यमन्त्री ज्यु, तपाइको यो कार्य गाडी भीरमा खसालेर साइकल वितरण गरे जस्तो भएन र !
उहि तपाईको
नरेश भण्डारी
पहिलोप्रेस
२४ भाद्र २०७९, शुक्रबार १०:१२