Loading... आजः ४ मंसिर २०८१, मंगलवार

सत्तारुढ दलका ‘हेभिवेट’ नेतामा आफ्नो निर्वाचन क्षेत्र गुम्ने डर कायमै

कर्णालीका यी ‘हेभिवेट’ नेता, जो प्रदेश लडदैछन्

सुर्खेत ।
कर्णाली प्रदेशका चर्चित नेताहरु प्रदेशमा नै लडन कस्सिएका छन् ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुर्खेतबाट प्रदेश सभामा सिफारिस हुँदा एमालेका पोलिट व्यूरो सदस्य गुलावजंग शाह पनि प्रदेशबाटै चुनाव लडने भन्दै सिफारिस भएका छन् ।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाही फेरि प्रदेशमै चुनाव लडन चाहेका छन् ।

काँग्रेसका प्रदेश सभापति ललितजंग शाही पनि जुम्लाबाट प्रदेश सभा उम्मेदवारमा सिफारिस भइसकेका छन् ।

२०७४ सालको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा जीत हात पारेका हालका काँग्रेस जिल्ला सचिव देवकुमार सुवेदी समेत प्रदेश सभाबाट निर्वाचन लडने भन्दै सिफारिस भइसकेका छन् ।

यस्तै पूर्व मन्त्री दीनबन्धु श्रेष्ठ पनि प्रदेश सभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।

माओवादीबाट जुम्लाका नरेश भण्डारी प्रदेश सभामा आउन खोजेका छन् भने डोल्पाबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री वीरबहादुर शाही चुनाव लडनेछन् ।

यस्तै, माओवादीकै विन्दमान विष्ट प्रदेश सभामा आउँदा कालिकोटबाट प्रतिनिधि सभा सदस्य दुर्ग रावत तथा राष्ट्रिय सभा सदस्य जीवन बुढा समेत प्रदेशमा चुनाव लडन झरेका छन् ।

रुकुमबाट राजकुमार शर्मा र महेन्द्र केसी चुनाव लडदैछन् ।

जाजरकोटबाट केन्द्रीय सदस्य रामदिप आचार्य पनि हेभिवेट नेतामा पर्छन । उनी पनि प्रदेश तिर होमिएका छन् । नेकपा माओवादीका उपमहासचिव शक्ति बस्नेत केन्द्रमा लडने भएकाले उनले प्रदेश रोज्नु परेको हो ।

नेकपा एसबाट पूर्व सांसद कुर्मराज शाही कालिकोटबाट प्रदेश सभामा आउन खोजेका छन् भने डोल्पाबाट नन्दसिंह बुढा पनि प्रदेशमै आउन खोजेका छन् ।

समाजवादीका उपमहासचिव प्रकाश ज्वाला संघमा लडने चाहना राखेपनि सत्तारुढ गठबन्धन दलहरुबीच भागवण्डाको टुंगो नलाग्दा प्रदेश लडने कि संघमा लडने भन्ने दुविधामा नै देखिएका छन् ।

तर, सत्तारुढ गठबन्धन दलहरुबीच आधिकारिक रुपमा सिटको भागवण्डा नमिलेका कारण कुन दलले कहाँबाट टिकट पाउने भन्ने अन्यौलता भने कायमै छ ।

गठबनधन दलहरुबीचमै सिट बढि लिने होडवाजी चलिरहेका कारण कर्णालीमा कुन हेभिवेट नेताले आफ्नो निर्वाचन क्षेत्र त्याग्नु पर्ने हो अहिले नै भन्न सकिने अवस्था भने छैन ।


सम्बन्धित समाचार