गठबन्धनलाई सार्थक बनाउन काँग्रेस मिल्न जरुरीः गौतम
सुर्खेत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यीय संजय गौतमले गठबनधनलाई सार्थक बनाउन र नेपाली काँग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न गठबन्धनलाई सार्थक बनाउनुको विकल्प नभएको बताएका छन् ।
सुर्खेत काँग्रेसको विवाद मिलाउने कार्यभार सहित सुर्खेत आएका काँग्रेस केन्द्रीय सदस्य गौतमले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सुधार गर्दैअघि बढनुपर्नेमा जोड दिए ।
‘गठबन्धनबाट चुनावी अभियानमा जाने नीतिगत निर्णय गरेको छ ।
विगतका आ–आफ्नो कमजोरीलाई समीक्षा गरेर आगामी निर्वाचनमा काँग्रेसलाइ एक ढिक्का बनाएर जान आवश्यक छ ।’ नेपालप्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, ‘सुर्खेतका शीर्ष नेतालाई एकै मञ्चमा बसाल्ने, एकै घरमा बसाउने गरि हामी अघि बढेका छौं । त्यसकालागि कार्यकर्ताले समेत नेताहरुलाई दवाव दिन आवश्यक छ ।’
उनले बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न जरुरी रहेको बताए । ‘ताराताल देखि राराताल जोडनुपर्छ भनेर मैले सुरु देखि नै भन्दै आएको छु ।’ उनले भने, ‘तत्काल नभएपनि एक दुइ दशमा यो अभियानले सार्थकता पाउनेमा म आशावादी छु ।’
नेपाली काँग्रेस सुर्खेतमा निवर्तमान सभापति कमलराज रेग्मीले नेतृत्व तहमा रहेका जिम्मेवार नेताहरुले कार्यकर्तालाई सम्हालेर लैजानुपर्ने धारणा राखे ।
नेपाली काँग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले स्थानीय तहमा भएका कमीकमजोरीलाई स्वीकार्दै ती कमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नभएको बताए ।
त्यसका लागि आफूले आफैंबाट सुधार अभियान सुरु गरेको उनको प्रष्टोक्ति थियो ।
पहिलोप्रेस
२५ भाद्र २०७९, शनिबार ०९:५४