रुकुमबाट अर्थमन्त्री शर्मा प्रत्यक्ष चुनाव लडने
सुर्खेत ।
नेकपा माओवादीका प्रभावशाली नेता एवम अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिमबाट प्रत्यक्षतर्फ चुनाव लडने भएका हुन ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमको वैठकले उनको उकल नाम सिफारिस गरेको हो ।
समानुपातिक तर्फ बुद्धिप्रसाद शर्मा, नरबहादुर पुन, कलबहादुर नाथ, प्रेमकुमारी सुनार, इन्दीरा विएम, गणेश बि.क र प्रेमा शाहीको नाम सिफारिस गरिएको संयोजक सचिन रोकाले बताए ।
उनका अनुसार प्रदेशसभातर्फ प्रत्यक्ष तर्फ प्रदेश (क)– महेन्द्र के.सी., प्रदेश (ख)– राजकुमार शर्माको नाम सिफारिस गरिएको हो ।
यस्तै समानुपातिक तर्फ मिलन खड्का, ऋृषिप्रसाद शर्मा, लक्ष्मी पुन, झक्कुप्रसाद घर्ती, निमबहादुर बुढाथोकी, गीता नेपाली र लालबहादुर सिर्पालीको नाम सिफारिस गरिएको हो ।
पहिलोप्रेस
२५ भाद्र २०७९, शनिबार १०:००