Loading... आजः ४ मंसिर २०८१, मंगलवार

मुख्यमन्त्रीको दावेदार बन्न कर्णालीका मुख्यमन्त्री प्रदेशबाटै चुनाव लडने


सुर्खेत ।
आगामी मंसिर चार गते हुने संघ र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता एवम कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला जिल्लाबाट प्रदेश सभा चुनाव लडने भएका छन् ।

अधिकांश नेताहरु प्रदेशबाटै चुनाव लडने तयारी गरेका बेला मुख्यमन्त्री शाहीले पनि प्रदेशमै चुनाव लडने योजना बनाएका हुन ।

‘केन्द्र भन्दा पनि प्रदेशबाटै चुनाव लडने योजना बनाएको छु ।’ जुम्लामा रहेका मुख्यमन्त्री शाहीले पहिलाप्रेससँग भने, ‘किनकी मैले अहिले प्रदेश सरकारलाई जुन गतिमा चलाएको छु, जुन योजना अनुसार कर्णालीको विकासको गतिलाई अघि बढाएको छु, त्यसलाई उचाईमा पु¥याउन म प्रदेशमै चुनाव लडने तयारीमा लागेको हो ।’

उनले आफ्नो योजना अनुसार प्रदेश सरकार चल्न सुरु भएपनि त्यो पर्याप्त नभएको निष्कर्ष सुनाए ।

‘छोटो समयको लागि मुख्यमन्त्री भएँ । एक सिट मात्रै जितेर पनि मुख्यमन्त्री भइयो ।’ उनले भने, ‘अब त कसो बहुमत सिट नआउला र ? बहुमत सिट आउने र मुख्यमन्त्री भएँ भने मैले देखेको सपनाको कर्णाली बनाउन थप अघि बढनेछु ।’

हुम्लामा प्रदेश सभा काँग्रेसले रोजेपछि संघतर्फ भने माओवादी केन्द्रको भाग पर्ने भएको छ ।


सम्बन्धित समाचार