Loading... आजः १६ चैत्र २०८१, आईतवार

हुम्ली जनताको विकास र समुन्नतीको सपनालाई मुर्तरुप दिन मेरो उम्मेदवारीः पूर्वमन्त्री रावल


सुर्खेत ।
मंसिर चार गते हुने निर्वाचनका लागि कर्णालीका राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्दै केन्द्रमा पठाइसकेका छन् ।

धेरै हेभिवेट नेताहरु प्रदेशमै झरिरहेको समयमा हुम्लाबाट प्रतिनिधित्व गर्दै सामाजिक विकास मन्त्री बनेका एमाले केन्द्रीय सदस्य दल रावल यसपटक संघीय सांसदका लागि एकल सिफारिसमा परेका छन् ।

उनको मात्रै नाम सिफारिस भएका कारण उनले टिकट पाउने पक्का भएको छ ।
उनी हाल कर्णाली प्रदेश सभा सदस्य समेत छन् ।

झण्डै तीन वर्ष सामाजिक विकास मन्त्रालय सम्हालेका रावललाई हामीले उनका प्राथमिकताका बारेमा प्रश्न गरेका छौं ।

तपाईको उम्मेदवारी के का लागि हो ?
मेरो उम्मेदवारी हुम्लाको आवाज रास्ट्रलाई सुनाउनका लागि हो । हुम्ला जिल्लाको न्यायपुर्ण आर्थिक, सामाजिक बिकासका लागि हो । यो देशको बिकास र समृद्धिमा एक कुशल जनप्रतिनिधिको भुमिका निर्बाह गर्नका लागि मेरो उम्मेदवारी हो ।

विगतमा तपाईले आफ्नो निर्वाचन क्षेत्रमा के कस्ता काम गर्नुभयो ?
मैले मेरो पाँच बर्षको अबधिमा निर्वाचन क्षेत्र मात्र हैन जिल्लामा बिकासको ज्योति बाल्ने काम गरेको छु । हुम्लालाई सडक संजालमा जोड्ने काम, गाउँ गाउँ सम्म सडक पु¥याउने काम, शिक्षाको पुर्बाधारको बिकास गर्ने काम, दुर्गम भन्दा दुर्गम ठाउँमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने काम, सामाजिक सुरक्षाका थुप्रै राम्रा काम गरेको छु ।

राजनीतिक र सामाजिक सद्भावको बिकास गर्ने काम मैले हुम्लामा गरेको छु । कृषि तथा पशुपालन क्षेत्रमा काम गरेको छु । पर्यटन र सास्कृतिक क्षेत्र लगायत युवा र खेलकुद क्षेत्रको बिकास गरेको छु ।
थुप्रै अधुरा काम फेरि पनि पुरा गर्नु छ ।

तपाई विजेता भएपछि के गर्नुहुन्छ ?
पहिलो काम जिल्लालाई प्रदेश र देशसङ्ग भौतिक र मनोबैज्ञानिक रुपले जोड्ने काम गर्छु । भौतिक र सामाजिक पुर्बाधारका हिसाबले मेरो जिल्ला हुम्ला निकै पछाडि छ । यसको बिकास र रुपान्तरणमा मेरो विशेष ध्यान जान्छ ।

त्यसपछि हिमाल क्षेत्रको आर्थिक बिकासका बारे राज्यले कुनै ध्यान दिएको छैन यसकालागि नीतिगत रुपमा यसमा मैले काम गर्छु ।

अर्को महत्वपूर्ण कुरा हुम्लाको वास्तविक जनप्रतिनिधिको पहिचान स्थापित गराउँछु ।

यदि तपाई निर्वाचित हुनुभयो र हुम्ली जनताले पत्याए भने तपाईका पाँच वर्षे प्राथमिकता के के हुन ?
हुम्लालाई सडक यातायातको पुर्ण पहुँचमा पु¥याउने यो जना छ । विशेष गरि म मन्त्री हुँदा सपना देखेको कोहलपुर–हिल्सा दुई लेनको फास्टट्रयाक सडकको निर्माण, रास्ट्रिय विद्युत प्रशारण लाइनसङ्ग हुम्ला जोड्ने, गुणस्तरिय शिक्षा र आधारभुत स्वास्थ्य क्षेत्रमा हुम्ली जनताको सहज पहुँच बिस्तार गर्ने र जिल्लामा रहेको प्राकृतिक स्रोतको उपयोग र पर्यट्न क्षेत्रको बिकासमा जोडदिने मेरो प्राथमिकता हुने छ ।

उनले हुम्ली जनताको विकास र समुन्नतीको चाहनालाई मुर्तरुप दिन आफूले संघमा उम्मेदवारी दिएको बताउँदै सबै हुम्ली जनताले आफ्नो अमूल्य मत दिएर आफूलाई विजेता बनाउने दाबी समेत गरे ।


सम्बन्धित समाचार