कैलालीबाट बाबियाचौर आउने प्रसारण लाईनको काम छिटो सक्न पूर्व मन्त्री विष्टको निर्देशन
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका निवर्तनमान आर्थिक मामीला तथा योजना मन्त्री विन्दमान विष्टले पश्चिम सुर्खेतका विभिन्न विकास आयोजनाहरुको अनुगमनलाई तिव्रता दिएका छन ।
आईतवार मन्त्री विष्टले कैलालीको महोन्याल गाउपालीकावाट पञ्चपुरी नगरपालीकाको सव–स्टेशनमा जडान हुदै गरेको ३३ केभी विद्युत प्रशारण लाईनको फिल्डमै पुगेर अनुगमन गरेका हुन ।
पूर्व मन्त्री विष्टकै पहलमा सुदुरपश्चि प्रदेशवाट ३३ केभी प्रशारण लाईन सुर्खेतमा जोडिदै छ ।
विष्टले ढिलोमा आगामी दशैसम्म प्रशारणलाईन विस्तारको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका विष्ट सुर्खेत क्षेत्र न. २ (ख)वाट निर्वाचित प्रदेश सभा सदस्य हुन । पश्चिम सुर्खेतमा पछिल्लो समय विकास प्रेमी नेताको छवि बनाएका विष्ट आगामी निर्वाचनमा पनि सुर्खेत निर्वाचन क्षेत्र न. २ (ख) वाटै चुनावी मैदानमा होमिदैछन ।
पार्टी राजनिति प्रति जनतामा वितिष्णा पैदा भईरहेको बेला नेता विष्ट भने सम्भावना बोेकेको युवा नेताको रुपमा परिचित बन्दै गएका छन ।
यस्तै सोमवार, नेता विष्ट चौकुने गा.पा. ९ मा निर्माणको अन्तिम चरणमा रहेको झ्यानझ्याने खोला पक्कि पुलको अवलोकन गरे । यसै गरी नेता विष्टले कालोपत्रेको काम शुरुभएको घाटगाउ गुटु, कोल्लीमरा सडक को समेत अनुगमन गरेका छन ।
पश्चिम सुर्खेतमा अत्यावसेक रहेको मुख्य ३ वटा खोलामा निर्माणधिन पक्कि पुलको समेत उनले अवालोकन गरे । हाल विउरेनी खोला, विद्यापुर खोला र गुटुखोलामा पक्कि पुल निर्माणको काम जारी छ । ३ वटै खोलामा पक्कि पुल निर्माण भएको खण्डमा पश्चिम सुर्खेतका जनताले ठुुलो राहत पाउनेछन । यसैगरी मन्त्री विष्टकै पहलमा शुरु भएको वड्डीचौर खम्वागाडे सडक कालोपत्रेको काम पनि शुरु भएको छ ।
सोमवार नै पुर्व मन्त्री विष्टले विरेन्द्रनगर – विजौरा १३२ केभी विद्युत प्रशारणलाईन विस्तारमा रुख कटानका कारण भईरहेको ढिलाई बारे जानकारी लिएका छन । सो क्रममा उनले रुख कटानको अनुमति तत्काल मिलाउन सव डिभिजन वन कार्यालय बावियाचौरलाई निर्देशन दिएका छन । सो क्रममा करिव १६०० रुख काटिने बताईएको छ ।
यसैगरी नेता विष्टले पञ्चपुरी न.पा. ३ लामिदमारमा रहेको श्री सुन्दरजन जागरण प्राथमिक विद्यालयको नवनिर्मित २ कोठे भवनको समेत अवलोकन गरेका छन ।
पहिलोप्रेस
२९ भाद्र २०७९, बुधबार ०८:०४