असोज एक गते सांसदहरुको कार्यकाल सकिने, सरकार काम चलाउ बन्ने
सुर्खेत ।
कर्णाली प्रदेश सभाका सांसदहरुको पाँच वर्षे कार्यकाल असोज १ गते सकिने भएको छ । मंसिर ४ गते संघ तथा प्रदेशको चुनावको मिति नजिकिएसँगै सांसदहरुको पद रिक्त हुने भएको हो ।
‘असोज एक गते देखि सबै सांसदको कार्यकाल सकिन्छ ।’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘त्यसपछि सरकार काम चलाउमा रुपान्तरण हुन्छ ।’
काम चलाउ सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्न नपाईने एमाले केन्द्रीय कानून विभागका उपप्रमुख संवैधानिक कानूनका ज्ञाता धर्मराज रेग्मीले बताए ।
‘सामान्यतया निर्वाचनको मिति तोकेपछि नै सरकार काम चलाउमा रुपान्तरण हुने प्रचलन छ । यद्यपी संविधानमा भने काम चलाउ हुने भन्ने ृल्लेख छैन ।’ उनले भने, ‘सामानुपातिक सांसदहरुको बन्दसूची निर्वाचन आयोगलाई बुझाए लगत्तै सांसदहरुको पदावधी सकिन्छ । यसको अर्थ असोज एक गते राती १२ बजेसम्म सांसदको कार्यकाल रहन्छ ।’
कर्णाली प्रदेश सभामा हाल ३४ जना सांसद रहेका छन् ।
पहिलोप्रेस
२९ भाद्र २०७९, बुधबार ०९:००