Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कालिकोटलाई आधार क्षेत्र कायमै राख्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन


सुर्खेत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा कालिकोटलाई आधार क्षेत्रको रुपमा कायम राखिराख्न कालिकोट माओवादी केन्द्रका नेताहरुलाई निर्देशन दिएका छन् ।

‘अध्यक्ष कमरेड प्रचण्डले कालिकोट जिल्ला जनयुद्ध देखिको माओवादी आधार इलाका भएकोले जिल्लाका नेताहरुलाई माओवादी आधार क्षेत्रको रुपमा रहेको कालिकोट जिल्लालाई कायम राख्नको लागि जिल्ला पार्टी नेतृत्वलाई एकताबद्ध भएर लाग्नको लागि निर्देशन दिनुभयो ।’

प्रचण्डको भनाईलाई उदृत गर्दै माओवादी नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘सबै कार्यकर्तालाई चुनावमा होमिन निर्देशन दिनुभएको छ । अब सबैलाई गाउँमा खट्न निर्देशन समेत दिनुभयो ।’

प्रचण्डसँग माओवादी केन्द्र कालिकोटका नेता, सांसदहरुले भेट गरेका थिए ।


सम्बन्धित समाचार