Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली प्रदेश सभाको दशौं अधिवेशन शनिबार अन्त्य हुँदै, औपचारिक समारोह गरेर सांसदकाे विदाई गरिने


सुर्खेत ।
कर्णाली प्रदेश सभाको दशौं अधिवेशन भोली शनिबार बेलुका अन्त्य हुने भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले पहिलोप्रेससँग कुरा गर्दै सो जानकारी दिएका हुन ।

‘समानुपातिकको वन्द सूची निर्वाचन आयोगमा असोज दुइ गते बुझाउने भएका कारण असोज एक गते राती देखि नै सदनको पदावधी समाप्त हुन्छ ।’ उनले भने, ‘भोली नै हामी सदन अन्त्य गर्नका लागि प्रदेश प्रमुखकहाँ सिफारिस गरेर पठाउँछौं ।’

यता, पाँच वर्षे कार्यकाल सकिएको भन्दै कर्णाली प्रदेश सभाले असोज दुइ गते पछि औपचारिक समारोह आयोजना गरेर विदाई गर्ने भएको छ ।

‘हाम्रो पदावधी सकिएको हुँदा केहि दिन भित्र औपचारिक समारोहको आयोजना गरेर सांसदलाई विदाई गर्नेछौं ।’ हाल काठमाडौंमा रहेका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले भने ।


सम्बन्धित समाचार