Loading... आजः ४ पुष २०८१, बिहीबार

महिला क्रिकेट टिम बलियो बनाउन बाहिरका खेलाडी समेटेका हौंः अध्यक्ष केसी


सुर्खेत ।
कर्णाली प्रदेशबाट आगामी असोज २८ गते हुने खेलकुदमा छानिएका केहि खेलाडी बाहिरको समेटेको भनेर आएका समाचारमा केहि सत्यता भएपनि वास्तविकता त्यो भन्दा फरक रहेको क्यान सुर्खेतका अध्यक्ष श्रीधर केसीले बताएका छन् ।

पहिलोप्रेससँग कुरा गर्दै अध्यक्ष केसीले खेलकुद परिषदको कार्यविधीमा कर्णालीकै खेलाडीलाई मात्र समेटने व्यवस्था भएपनि विगता लामो समयदेखि यहिको टिमबाट बाहिरका सात जनाले खेलिरहेका कारण टिम बलियो बनाउन बाहिरका खेलाडीलाई राखिएको बताए ।

‘कर्णालीमा हामीले महिला क्रिकेट खेलका लागि १७ जना छनौट गरि बन्द प्रशिक्षण दिइरहेका छौं ।’ उनले भने, ‘अण्डर १९ मा समेत यी खेलाडीले ट्रफी ल्याएका कारण हामीले टिम बनाउन बाध्य भएर उहाँहरुलाई छनौट गरेका हौं ।’

उनले कर्णालीमा महिला खेलाडी अभाव रहेको बताउँदै बाहिरका महिला खेलाडी यहि तालिम लिन थालेको, विभिन्न प्रतियोगितामा सहभागि हुने गरेका कारण उनीहरुलाई समेटिएको उनको प्रष्टोक्ति छ ।

‘विगत चार वर्ष देखि उनीहरु यहीँ नै खेलिरहेका छन् । कर्णालीका कोही खेलाडी छुटेका पनि छैनन् ।’ उनले भने ।


सम्बन्धित समाचार