एमाले दैलेखमा संघतर्फ शर्मा र पोखरेल बने उमेदवार
सुर्खेत ।
नेकपा एमालेले दैलेख जिल्लाको दुवै संघीय निर्वाचन क्षेत्र तथा प्रदेश सभाका चार ओटै निर्वाचन क्षेत्रबाट मंसिर चार गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले दैलेख निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभातर्फ एमाले जिल्ला अध्यक्ष रविन्द्रराज शर्मालाई टिकट दिएको छ । प्रदेश सभा ‘क’ मा धर्मराज रेग्मी तथा ‘ख’ मा प्रेम थापालाई टिकट दिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर दुइबाट प्रतिनिधि सभा उम्मेदवारका लागि लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएको छ ।
प्रदेश सभा ‘क’ तर्फ एमाले जिल्ला सचिव तिलक प्रसाद रिजाललाई टिकट दिदा ‘ख’ मा भने प्रदेश अध्यक्ष विनोद कुमार शाहलाई टिकट दिएको हो ।
संघतर्फ चुनाव लडन चाहेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रजिाललाई प्रदेश सभामा झर्न भनेर पार्टीले आग्रह गरेपनि उनले प्रदेश सभाको टिकट लिन अस्विकार गरेको एमाले स्रोतले जानकारी दिएको छ ।
‘उहाँलाई प्रदेश सभाबाट चुनाव लडन आग्रह गरिएको थियो तर उहाँले अस्विकार गर्नुभयो ।’
स्रोत भन्छ, ‘बरु पार्टी नै चलाउने भनेर उहाँ प्रदेश झर्न नमानेका कारण तिलक जिलाई मौका मिलेको हो ।’
पहिलोप्रेस
२१ आश्विन २०७९, शुक्रबार २०:०६