२०७४ मा वाम तालमेलका कारण टिकट खोसिएका एमाले नेता निरज जाजरकोटका उम्मेदवार
प्रदेशमा डम्बर र खिम चुनाव लडने
सुर्खेत ।
जाजरकोट जिल्लामा लोकप्रियता कमाएका एमालेका केन्द्रीय सदस्य निरज आचार्यले यसपटक प्रतिनिधि सभातर्फ एमालेबाट उम्मेदवार बन्ने मौका पाएका छन् ।
२०७४ सालमा उनको नाममा टिकट भएपनि तत्कालिन समयमा नेकपा माओवादीका नेता शक्ति बस्नेतलाई वाम तालमेलका कारण सिट छोडनुपर्ने भएका कारण उनलाई पार्टीले जर्वजस्ती बस्न बाध्य पारेको थियो ।
एमालेले जाजरकोटबाट प्रदेश सभामा डम्बर सिंह र खिमबहादुर शाहीलाई चुनाव लडाउने गरि टिकट दिएको छ ।
पहिलोप्रेस
२१ आश्विन २०७९, शुक्रबार २०:३५