Loading... आजः २ कार्तिक २०८२, आईतवार

कर्णालीका दशै जिल्लाबाट संघ र प्रदेशमा कसले फुत्काए टिकट ? हेर्नुहोस पूर्ण विवरण

सल्यानमा प्रतिनिधि सभा तथा हुम्लाको एक प्रदेश सभाबारे निर्णय हुन बाँकी

शेरबहादुर थापा/ सुर्खेत ।
नेकपा एमालेले कर्णालीका दशै जिल्लाका १२ संघ मध्ये ११ तथा २४ प्रदेश क्षेत्र मध्ये २३ क्षेत्रका आकांक्षीलाई आज टिकट वितरण गरेको छ ।

नेकपा एमालेका एक केन्द्रीय पदाधिकारीका अनुसार एमालेले सल्यान जिल्लाबाट प्रतिनिधि सभामा कसलाई उम्मेदवार बनाउने र हुम्लाको एक प्रदेश सभातर्फ कसलाई टिकट दिने भन्ने निर्णय गर्न मात्रै बाँकी रहेको छ । बाँकी सबैको नाममा टिकट जारी भइसकेको हो ।

हेर्नुहोस कसले पाए टिकट ?
१) सल्यान
प्रतिनिधि सभाः छलफल जारी
प्रदेश सभातर्फः गुलावजंग शाह र कुलबहादुर गिरी

२) जाजरकोट
प्रतिनिधि सभाः निरज आचार्य
प्रदेश सभातर्फः डम्बर सिंह र खिमबहादुर शाही

३) सुर्खेत
प्रतिनिधिसभा क्षेत्र नम्बर १ः ध्रुव कुमार शाही
प्रदेश सभातर्फः ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा
क्षेत्र नम्बर २ः अमृत विसी
प्रदेश सभातर्फः यामलाल कंडेल र ताराकेशर गौतम

४) दैलेख
प्रतिनिधिसभा क्षेत्र नम्बर १ः रविन्द्रराज शर्मा
प्रदेश सभातर्फः धर्मराज रेग्मी र प्रेम थापा
क्षेत्र नम्बर २ः लक्ष्मी पोखरेल
प्रदेश सभातर्फः तिलकप्रसाद रिजाल र विनोद कुमार शाह

५) जुम्ला
प्रतिनिधि सभाः रतननाथ योगी
प्रदेश सभातर्फः टेकराज पर्छाइ र धीरेन्द्रराज गिरी

६) हुम्ला
प्रतिनिधि सभाः दल रावल
प्रदेश सभाः दल फडेरा र अर्को छलफल जारी

७) डोल्पा
प्रतिनिधि सभाः गणेश शाही
प्रदेश सभाः शेरबहादुर बुढा र धनचन्द्र वैजी

८) मुगु
प्रतिनिधि सभाः राजु कार्की
प्रदेश सभाः जित बहादुर मल्ल र कर्ण बहादुर मल्ल

९) रुकुम पश्चिम
प्रतिनिधि सभाः नन्दलाल शर्मा
प्रदेश सभाः नारायण शाह र कर्ण बहादुर घर्ती

१०) कालिकोटः
नागेन्द्र शाही नेश्नल शाही
कृष्ण आचार्य र विरेन्द्र वोगटी

 


सम्बन्धित समाचार