Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

जर्नादन, शक्ति, महेन्द्र देखि कार्चेनसम्मले पाए प्रतिनिधि सभा उम्मेदवारका लागि माओवादी टिकट

यी हुन प्रदेश सभाका नौ उम्मेदवार

सुर्खेत ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका संघ र प्रदेशतर्फका ३६ सिट मध्ये १४ सिट प्राप्त गरेसँगै टिकट समेत वितरण गरेको छ ।

टिकट पाउनेमा हालका अर्थमन्त्री जनार्दन शर्मासहित पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसम्म रहेका छन् ।

नेकपा माओवादीबाट रुकुमपश्चिमदेखि जनार्दन शर्मा प्रभाकरले प्रतिनिधि सभामा टिकट पाएका छन् भने प्रदेशसभा ‘क’ तर्फ महेन्द्र केसीको टिकट फाइनल भएको छ ।

‘ख’ तर्फ भने माओवादीबाट राजकुमार शर्माले दाबी गरिरहेपनि यहाँ काँग्रेसले समेत दाबी नछाडेका कारण हालसम्म टुंगो लागेको छैन ।

सल्यानबाट प्रदेशसभातर्फ भीम प्रकाश शर्माले टिकट पाउँदा जाजरकोटबाट प्रतिनिधिसभामा शक्ति बस्नेतले टिकट पाएका छन् ।

कालिकोटबाट प्रतिनिधि सभामा महेन्द्र बहादुर शाहीले टिकट पाउँदा यहाँ प्रदेश सभा ‘क’बाट दुर्गबहादुर रावतले टिकट पाएका छन् ।

जुम्लाबाट गोमा गौतम कुँवरले प्रतिनिधि सभाको टिकट फुत्काउँदा पूर्व मन्त्री नरेश भण्डारी चिप्लिएका छन् ।

डोल्पाबाट वीरबहादुर शाहीले टिकट पाउँदा दैलेखको निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’बाट उपेन्द्र कुमार रावत ‘सुशिल’ले टिकट पाए ।

सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर एक ‘ख’ मा कृष्ण जिसी ‘जितेन्द्र’ले टिकट पाउँदा निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’मा विन्दमान विष्टले टिकट पाएका छन् ।

हुम्लाबाट पूर्व मन्त्री कार्चेन लामाले प्रतिनिधि सभामा टिकट पाउँदा प्रदेश सभा ‘क’ तर्फ रणसिंह परियारले टिकट पाएका छन् ।


सम्बन्धित समाचार