आज नेकपा एस सुर्खेतको आपतकालिन वैठक, गठबन्धनबाट अलग हुने घोषणा गर्ने सम्भावना
सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सुर्खेतका आज विहान साढे एघार बजे आपतकालिन वैठक बस्ने भएको छ ।
केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुले संघ र प्रदेशको भागवण्डा टुंग्याएपनि सुर्खेतमा एक सिट पनि नपरेको भन्दै नेकपा एस सुर्खेतको उक्त वैठक बस्न लागेको हो ।
‘हामीले भागवण्डाको पत्र हेर्दा सुर्खेतमा हामीलाई पेलिएको महसुस भएको छ । यसबारेमा आवश्यक छलफ,ल र निर्णय लिन आज विहान साढे ११ बजे वैठक बोलाइएको छ ।’
नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालले पहिलोप्रेससँग भने, ‘गठबन्धनलाई सघाएर जाने वा कसरी अघि बढने भन्ने विषयमा हामी उचित निर्णयमा पुग्ने गरि छलफल गर्नेछौं । आज दिउसो दुई बजेसम्म तपाईले हाम्रो निर्णय थाहा पाइहाल्नुहुन्छ ।’
नेकपा एस स्रोतका अनुसार भने एक सिट पनि नपाएको भन्दै कार्यकर्ताले गठबन्धनमा सहभागि हुन नहुने दबाब नेता कार्यकर्तालाई निरन्तर दिइरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा समेत धोका भएको भन्दै संघ र प्रदेशको निर्वाचनमा समेत पार्टीको अस्तित्वलाई नै नामेट पार्ने खालको निर्णय आएको नेकपा एसका कार्यकर्ताको बुझाइ छ ।
‘आज बस्ने वैठकले सुर्खेतका दुई प्रतिनिधिसभा तथा चार ओटै प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिने र गठबन्धनबाट बाहिरिने निर्णय गरेको खण्डमा त्यसलाई आश्चर्यको रुपमा नलिए हुन्छ ।’ स्रोतको दाबी छ ।
पहिलोप्रेस
२२ आश्विन २०७९, शनिबार ०९:२६