‘फ्लोरक्रस’ गर्न कुर्मलाई उचालेका माधवले अन्ततः उनैलाई पछारे
सुर्खेत ।
नेकपा एमालेसँग सभामुखसहित २० सिट र राप्रपाको एक सिट गरेर बहुमत पु¥याउने अवस्था हुँदा हुँदै पनि नेकपा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोरक्रस’ जस्तो राजनीतिक अपराध गरेर मतदान गरी सरकार जोगाई दिएका कालिकोटका कुर्मराज शाही पछारिएका छन् ।
प्रदेश निर्वाचनमा उनले चुनाव लडने भनेर सशक्त दाबी गरेपनि ‘फ्लोरक्रस’ गरेर ओलीलाई देखाइदिने भन्दै माधव नेपालको झाँसामा आएका कुर्मलाई उनै माधव नेपालले लोप्पा खुवाई दिएका हुन ।
उनको कालिकोट प्रदेश सभा ‘क’ क्षेत्र परेपनि त्यहाँ माओवादीबाट दुर्गबहादुर रावत चुनाव लडने पक्का भएपछि उनी पछारिएका हुन ।
‘फ्लोरक्रस’ गरेर उनी ६ महिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएका थिए । उनको मन्त्री कार्यकाल पनि विवादै विवादका बीचमा सकिएको थियो ।
अन्यत्र गठबनधन दलहरुले चुनाव जितेको स्थानमा उसैलाई दिने भनेपनि कुर्मराज शाही फ्लोरक्रस गर्ने चार मध्ये अभागी सिद्ध भए ।
डोल्पाका नन्दसिंह बुढा टिकट नहुने देखेपछि एमालेमा हाम्फाले भने सल्यानबाट प्रकाश ज्वाला प्रतिनिधि सभाको उम्मेदवार लडदैछन् । यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर एकबाट अम्मरबहादुर थापा चुनाव लडने भएका हुन ।
नेकपा एसले कर्णालीमा दुइ ओटा मुगु र जुम्लामा मात्रै प्रदेश सभा भाग पाएको छ ।
पहिलोप्रेस
२२ आश्विन २०७९, शनिबार ०९:५१