निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै आठबीसका जनप्रतिनिधि, उम्मेदवारका पक्षमा मत माग्दै
सुर्खेत ।
दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचन आयोगको आचारसंहिता विपरित मत माग्न थालेका छन् ।
निर्वाचन आयोगद्धारा भदौ १३ गते जारी भएको आचारसंहिताका दफा तीनमा स्थानीय कार्यपालिका तथा सो का सदस्यलाई समेत निर्वाचनमा प्रचार प्रसार गर्न नपाईने भन्दै आचारसंहिता लाग्ने उल्लेख गरिएको छ ।
यस्ते आचारसंहिताको परिच्छेद तीन क मा कुनै राजनीतिक दलको वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रचार गर्न नहुने उल्लेख छ ।
तर आठबीस नगरपालिकाका नगरउपप्रमुख कल्पना थापा एमालेका उम्मेदवारलाई मत माग्दै गाउँ बस्तीमा निरन्तर डुलिरहेको पाइएको हो ।
‘नगरप्रमुख तर्क बडुवाल, एमालेबाट निर्वाचित वडाअध्यक्ष तथा सदस्यहरु समेत निर्वाध रुपमा निर्वाचन प्रचार प्रसारमा जुटेका छन् । यस बारेमा निर्वाचन आयोग बेखबर छ ।’
नगरपालिकाका एक कर्मचारीले भने, ‘उहाँहरुलाई तपाई नगरपालिकामा आउनु भयो भने भेटन मुस्किल हुँदै गइरहेको छ । उहाँहरु चुनावमा मत माग्न केन्द्रीत हुनु भएको छ ।’
उपप्रमुख थापा एमालेबाट दैलेख निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ बाट उम्मेदवार बनेका एमाले प्रदेश कमिटि अध्यक्ष विनोद कुमार शाहको निर्वाचन प्रचार प्रसारमा गएकी हुन ।
आयोगे जारी गरेको आचारसंहिता विपरित थापा चुनाव प्रचारमा हिडने गरेको खुलेपछि उनको आलोचना हुन थालेको छ ।
पहिलोप्रेस
१७ कार्तिक २०७९, बिहीबार १४:११