Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतको छिन्चु प्रहरीद्धारा कर नतिरी भारतबाट ल्याइएको ३४० वोरा चिनि नियन्त्रणमा, राजश्व असुलकिा लागि बाँके पठाइयो


सुर्खेत ।
इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले ठूलो परिणाममा भारतबाट चोरी निकासी गरेर ल्याइएको चिनि नियन्त्रणमा लिई राजश्व अनुसन्धान शाखा बाँकेमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राइका अनुसार दश चक्के ट्रकमा टिकापुर लम्की हुँदै ल्याइएको ५० केजीका दरमा रहेको ३४० बोरा चिनी कात्तिक १६ गते भेरीगंगा नगरपालिकाको वडा नं. पाँच बबईबाट नियन्त्रण लिएको हो ।

‘हामीले कात्तिक १६ गते विहान अन्दाजी साढे आठ बजे दश चक्के भे१ख ३०४१ नम्बरको ट्रकमा तलासी गर्दा भारतबाट विना भन्सार चोरी छिपि ल्याउँदै गरेको ३४० बोरा चिनी नियन्त्रणमा लिएका हौं ।’

पहिलोप्रेससँग उनले भने, ‘वीरेन्द्रनगरकै एक व्यापारीले उक्त चिनी ल्याएको पाइएको थियो । हामीले उक्त गाडी र चिनीलाई राजश्व शाखामा सोही दिन पठाइसकेका छौं ।’

उनले उक्त चिनी रुपैडिहा नाकाबाट नआएको बताउँदै कैलालीबाट ल्याइएको बताए ।

उक्त चिनि पूर्व उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष एवम एमाले नेता विष्णु शाहीको रहेको स्रोतले बताएको छ ।


सम्बन्धित समाचार