Loading... आजः ५ पुष २०८१, शुक्रबार

एमालेका तीस परिवार काँग्रेसमा प्रवेश, उपसभापति खड्काद्धारा स्वागत


सुर्खेत ।
बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गुर्भाकोट–१३बाट वडा सदस्यका उम्मेदवार ज्ञान बबहादुर रजालीसहित ३० जना आज नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आइतबार गुमीमा आयोजित कार्यक्रममा रजालीसहित ३० जनालाई कांग्रेस प्रवेश गराएका हुन ।

कांग्रेस प्रवेश गरेका रजालीले विकास र समृद्धिका लागि कांग्रेस रोजेको बताए । ‘सुर्खेत र समग्र कर्णालीको विकासका लागि देशकै नेतृत्व गर्ने क्षमता भएका पूर्णबहादुर खड्कालाई विजयी गराउन आवश्यक छ ।’ कांग्रेस प्रवेश गरेपछि रजालीले भने, ‘एमालेको पाँच वर्षको नेतृत्व निराशाजनक भएकाले कांग्रेसमा प्रवेश गरेको हुँ ।’ रजालीले स्थानीय तह निर्वाचनमा नौ सय बढी मत प्राप्त गरेका थिए ।

रजालीले आफूसँगै गुर्भाकोट–१३ को राजदरा टोलका ३० परिवार पनि कांग्रेस प्रवेश गराएका हुन ।


सम्बन्धित समाचार