चुनावको मुखैमा जुम्ला समाजवादीमा गयो भुईचालो, एमालेमा भयो समाहित
सुर्खेत ।
प्रदेश तथा प्रतिशनिधि सभाको निर्वाचन आउन १३ दिन मात्रै बाँकी रहेको अवस्थामा नेकपा एकीकृत समाजवादी जुम्लामा भुइँचालो गएको छ । नेकपा एसका जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेसहितको नेकपा एसको टोली आज एमालेमा प्रवेश गरेको हो । नेकपा एमाले जिल्ला अध्यक्ष शान्तिलाल महत र न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा आगामी निर्वाचनमा एमालेलाई जिताउने अभियानमा सहभागि हुन आव्हान समेतच गरिएको छ ।
यस्तो छ दुइ अध्यक्षको संयुक्त विज्ञप्ती
नेपालको कम्यूनिष्ट आन्दोलनमा अग्रणी भूमिका खेलेको यो मुलुकको सबैभन्दा पुरानो र ठूलो दलको रुपमा स्थापित नेकपा (एमाले) राष्ट्र, राष्ट्रियता र जनजिविकाको पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै, हजारौ कम्यूनिष्ट कार्यकताहरुको रगत, पसिना र आहुतिबाट जनताको मन मनमा गर्विलो इतिहास सहित उपस्थित छ । विगतमा नेकपा (एमाले) नेतृत्वको सरकारले तमाम नेपाली जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्ने क्रममा प्रगतिशिल रुपान्तरण सहित सुखी नेपाली, समृद्ध नेपाल “को महाअभियानमा लम्कीरहेको अवस्थामा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा रहेको यथास्थितीवादी दलाल पुँजीवादी, सामान्तबादी, साम्राज्यवादी, बुजुर्बा अवसरवादी र नक्कली कम्यूनिष्टहरुको चलखेल र प्रभावबाट पार्टीको स्थापनाकाकाल देखी क्रियाशिल नेकपा (एमाले) का नेता–कार्यकर्ता विच फरक दृष्टिकोण र भ्रमका कारण पार्टी टुटफुट र विभाजनद्वारा सिंगो पार्टी जिवन, मुलुक र विश्व कम्यूनिष्ट आन्दोलनमा क्षति पुगेको हाम्रो साझा महशुस हो ।
वर्तमान सन्दर्भमा, नेकपा (एमाले) को बढ्दो लोकप्रियता, जनमुखी तथा प्रगतिशिल कार्य र समृद्धिको यात्रा देखी प्रतिकृयावादी शक्ति र मुलुकमा अस्थिरता कायम राख्न चाहने शक्तिहरुको गठजोडले नेकपा (एमाले लाई चौतर्फि घेरावन्दी गरेको हामीले महशुस गरेका छौ ।
यहि मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभा निर्वाचनमा देशी विदेशी प्रतिक्रियावादी र पश्चगामी शक्तिहरुले गरेको अप्राकृतिक गठबन्धनको चलखेल र घेराबन्दिले नेपालको बामपन्थी आन्दोलनलाई कमजोर बनाउन खेलेको भुमिकालाई सशक्त रुपमा प्रतिवाद गर्दै नेकपा(एमाले)लाई बलियो बनाउने प्रतिबद्दता व्यक्त गर्दछौ । अग्रगमनको यात्रा सहित समाजवादको लक्ष्यलाई गन्तव्यमा पुर्याउन पुनः एक पटक गम्भिर समिक्षा सहित एकत्रित भएर उभिने ÷ उभ्याउने साझा निचोडमा पुगेका छौ ।
नेकपा(एमाले) जुम्ला जि.क.ले कार्तिक ७ गतेका दिन बाम एकता लगायत मूल घर फितांका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै नेकपा (एमाले) माथी गरिएको चौतर्फि घेराबन्दीलाई हामीले सिंगो मुलुकको समृद्धिको यात्रा, अग्रगमन र नेपालको कम्यूनिष्ट आन्दोलन माथिको घेराबन्दीको रुपमा साझा बुझाई राख्दै नेकपा(एमाले) जिल्ला कमिटी जुम्ला र नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी जुम्लाका इन्चार्ज, प्रदेश कमिटि सदस्यहरु, जिल्ला पार्टी अध्यक्ष, पदाधिकारी लगायत अधिकांश जिल्ला कमिटि सहित सम्पूर्ण जनसंगठन, पेशागत संगठनहरु एकताबद्ध भएर माक्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवादको मार्गदर्शक सिद्धान्तलाई आत्मसाथ गर्दै हामी दुइ पार्टीका अध्यक्षहरुले अग्रगमनको यात्रातर्फ अगाडि बढिरहेको पार्टी नेकपा (एमाले)लाई विशाल, एकताबद्द र सुदृढ संगठन निर्माण गर्दै, समाजको अग्रगामी रुपान्तरण गर्ने अभियानका साथ श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा वलीको नेतृत्वमा जनप्रिय मत सहित नेकपा एमाले को प्रगतिशिल सरकार बनाउने प्रतिवद्धता सहित तपशिलका बुँदाहरूमा सहमत भई साझा लक्ष्य र उद्देश्य सहित साझा विज्ञप्तिमा हस्ताक्षर गरेका छौ ।
तपशील
(१) हामी एकले अर्काको आत्म सम्मान र भावनामा ठेस नपुग्ने गरि साझा लक्ष्य, उद्देश्य र समझदारीका साथ नेकपा (एमाले को विशाल संगठन निमार्णको अभियानमा जुट्ने निर्णय गर्दछौं ।
विगतमा रहेको आग्रह, पूर्वाग्रह र चरम गुटबन्दीको कारण पार्टी कमजोर बनाउदै २ पार्टीको आन्तिरिक टुटफुट र विभाजन सम्म पुगेको अवस्थामा आत्मआलोचना सहित त्यसबाट शिक्षा प्राप्त गर्दै नयाँ सम्बन्ध सिराबाट समाजको प्रगतिशिल रुपान्तरणको आन्दोलनमा एकिकृत भई अगाडि बढ्ने निर्णय गर्दछौ ।
३) समायोजनको सन्दर्भमा हाल विद्यमान नेकपा एकिकृत समाजवादी जिल्ला कमिटिलाई नेपालको वामपन्थी आन्दोलनलाई नयाँ उचाईमा पुन्याउने ध्येयका साथ नेकपा (एमाले) को विधि विधान, नियमावली तत्कालिन अवस्थामा प्राप्त हुने केन्द्रिय अपानी का महासचिवको मौखिक प्रतिवद्धता र स्थानिय नेतृत्वको आपसी समझदारीको आधारमा नेकपा (एकिकृत समाजवादीका जिम्मेवार कमरेडहरुलाई नेकपा(एमाले) मा सम्मानजनक जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछौं।
४ सम्पूर्ण जनसंगठनहरु (युवा, विद्यार्थी, महिला, किसान, दलित, जनजाति) र सम्पूर्ण पेशाकर्मी (पेशागत महासंघ, प्राध्यापक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मचारी संगठन अन्तर्गत रहेका कमरेडहरुलाई सम्बन्धित संगठनको विधि, विधान, नियमावली, तत्कालिन अवस्थामा प्राप्त हुने केन्द्रिय अपानी र स्थानिय स्तरको आपसी समझदारीको आधारमा सम्मानजनक जिम्मेवारी साथ एकिकरण गर्ने निर्णय गर्दछौ ।
५। नेकपा(एकिकृत समाजवादी) मा रहेर नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको (मूल घर) रुपमा रहेको नेकपा ( (एमाले) मा समाहित भएका सम्पूर्ण जिम्मेवार कमरेडहरुलाई नेकपा (एमाले) को चुनाव प्रचार प्रसार कमिटीमा जिम्मेवारी प्रदान गर्द, अप्राकृतिक गठबन्धन र यथास्थितिवादी शक्तिलाई परास्त पार्दै हाम्रो पार्टीलाई विजयी बनाउन चुनावी अभियानमा प्रभावकारी र परिणाममुखी बनाउन आक्रामक ढंगले ऐक्यबद्दताका साथ अगाडी बढ्ने निर्णय गर्दछ।
६) देश भरका राष्ट्रवादी, प्रगतिशिल र बामपन्थी आन्दोलनमा लागेका कमरेडहरुलाई ऐकताब भई नेपालको बामपन्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि नेकपा (एमाले) मा समाहित हुँदै एकतावद्ध भएर अगाडि बढ्न संयुक्त प्रेस विज्ञप्ती मार्फत आव्हान गर्दै आसन्न मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि ÷ प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले को सूर्य चिन्हमा मतदान गर्न हामी यस विज्ञप्ति मार्फत अपिल गर्दछौ ।
(७) जुम्ला जिल्ला, नेपालको बामपन्थी आन्दोलनलाई बलियो र ऐक्यतावद्द गर्ने अभियानलाई सतहत्तर (७७) वटा जिल्लामा रहेका नेकपा (एकिकृत समाजवादी मा रहेका कमरेडहरु लगायत सम्पूर्ण जनवादी र देशभक्त, प्रगतिशित कमरेडहरुलाई नेपालको कम्युनष्टि आन्दोलनलाई अब्बल र मजबुद बनाउन कम्युनिष्ट आन्दोलन के मूल प्रवाहमा रहेको नेकपा (एमाले) मा समाहित हुन आव्हान गर्दछौ ।
५ जना नेता निष्कासित
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय हुनुपर्नेमा पार्टी र उम्मेदवारविरोधी कार्य गरेका ५ जना नेतालाई नेकपा एकीकृत समाजवादीले निष्कासन गरेको छ ।
पार्टीको जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टी विरुद्धको षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ । महासचिव डा.बेदुराम भुसालले जारी गर्नुभएको विज्ञप्तिमा उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी विधानको धारा–६४ (क) १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको हो ।
पार्टीले निष्कासन गरेकामा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया, धर्मराज रावल हुन् । अब एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटीको सम्पूर्ण कामको संयोजन केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई दिइएको पनि जानकारी गराइएको छ ।
पहिलोप्रेस
२१ कार्तिक २०७९, सोमबार १६:४२