एमाले राजतन्त्र व्यूताउने दाउमा छः पूर्व मुख्यमन्त्री शाही

कालिकोट ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा केहि शक्तिहरु राजसंस्था व्यूताउने षडयन्त्रमा लागेको बताएका छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ८ मुम्रामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै यस्तो आरोप लगाएका हुन ।
‘नेपाली काँग्रेस लगायतका दलहरुसँग गठबन्धन गरेर चुनावमा जान लागेका छौं । कसैलाई सांसद बनाउनका लागि, मन्त्री बनाउनका लागि गठबन्धन बनेको होइन ।’ उनले भने, ‘नेपालमा फेरि राजसंस्था व्यूताउने चलखेल गर्ने शक्ति क्रियाशील छ । व्यवस्था विरोधीको हातमा सत्ता जाने स्म्भावना देख्यौं । हामी एक्लैले चुनावमा होमिदा समस्या हुने भएका कारण गठबन्धन बनाइएको हो ।’
‘अहिले गाउँगाउँमा ट्रकमा पैसा ओसारेर मत किन्न सुरु गरिसकेका छन् । यो व्यवस्था जनताको व्यवस्था हो । सामन्ती निरंकुशता फिर्ता गर्ने प्रयास भएका कारण हामी दुइ शक्ति एक भएका हौं ।’
राजनीतिक व्यवस्था परिवर्तनमा प्रमुख हकदार नेकपा माओवादी र नेपाली काँग्रेस नै हुन । देश जोगाउन, जनताले पाएका अधिकार कायमै राख्न १२ हजार भन्दा बढि नेपालीले ज्यान उत्सर्ग गरेका थिए ।
‘रुख चिन्ह काँग्रेसको मात्रै होइन, िगठबन्धनको चुनाव चिन्ह हो । कानूनी जटिलता आएका कारण एउटै चुनाव चिन्ह लिएर लडने योजना पुरा भएन । यो व्यवस्थाको रक्षाका लागि रुख र हसिया हतौडामा भोट हाल्नुहोला ।’
केपि ओलीले आज रास्कोटमा गरेको भाषण बारे कडा टिप्पणी गर्दै पूर्व मुख्यमन्त्री शाहीले कालिकोट जिल्लामा संघबाट बजेट नै नआएको बताए ।
‘प्रदेश सरकारबाट हामीले सडक, विजुली बनाएका छौं । आज उहाँले रास्कोटमा आएर सुरुगंमार्गको सपना बाँडेर गएछन् । उनले भने, उहाँले केहि गर्न सक्नुहुन्न । बरु हामीले नै विकास गर्छौं । सबै पालिका केन्द्र जोडने सडक कालोपत्रे गर्छौ । एक वर्ष भित्र सबैको घरमा विजुली पुर्याउँछौं ।’
उनले कालिकोटको समस्या नेटवर्कमा रहेको बताउँदै कालिकोटमा फाईबर लाईन समेत जोडिएको बताए । रेगिल सम्म लाई न तानिएको छ । एमालेका केहि व्यक्तिले लाईन विस्तारमा अवरोध गरेका छन् । उनले भने, विकास र समृद्धिका लागि हामीलाई मत दिनुहोस ।
लैफूबाट रामारोसन सडक, त्रिवेणी सडक निर्माण गर्न आवश्यक रहेको बताउँद,ै यसलाई पर्यटन सडक बनाउने प्रतिबद्धता जनाए ।
उनले मुम्रालाई पर्यटकीय क्षेत्र बनाउने बताउँदै मुम्रामा होम स्टे सञ्चालन गर्ने बताए ।
मुम्रामा रंगशालाको निर्माण गर्ने बताउँदै विद्यालयका सबै भवनहरु निर्माण गरिने बताए ।
सभामा प्रदेश सभाका उम्मेदवार हिक्मत विष्ट, समानुपातिक उम्मेदवार भावना शाही, नेपाली काँग्रेसका यूवा नेता भुपेन्द्र शाहीलगायतले सम्वोधन गर्दै देशलाई अग्रगमनतर्फ लैजान गठबन्धनको जीत आवश्यक रहेको बताए ।









पहिलोप्रेस
२७ कार्तिक २०७९, आईतवार २०:५०