दैलेख दुईमा एमालेको विरासत भत्कियो, १५३ मतले शाही विजयी
सुर्खेत ।
दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई प्रतिनिधि सभा क्षेत्रमा नेकपा एमालेको २३ वर्ष देखिको निरन्तरको विजय यात्रामा गम्भीर धक्का लागेको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेललाई १५३ मतले पछि पार्दे नेपाली काँगे्रेसका उम्मेदवार दिक्पाल शाहीले जीत हात पारेका हुन ।
दिक्पाल शाहीले २० हजार १५८ मत ल्याउँदा पोखरेलले २० हजार ५ मत ल्याए ।
निरन्तर अग्रता कायम राखेका शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन परिणाम घोषणा गर्ने अन्तिम तयारी गरेको छ ।
२०६४ देखि पछिका सबै निर्वाचनमा एमालेले जीत हात पारेपनि यसपाली भने आफ्नो विरासत जोगाउन भने सकेन । शाही सत्तारुढ गठबन्धनका साझा उम्मेदवार समेत हुन ।
पहिलोप्रेस
८ मंसिर २०७९, बिहीबार ०४:३२