एमाले हराउन लागेकासँग सत्ता सहकार्य बन्ने सम्भावना कम छ : नेता कंडेल
सुर्खेत ।
नेकपा एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट प्रदेश सभामा विजयी भएका एमाले पूर्व कर्णाली प्रदेश संसदीय दलका नेता एवम स्थायी कमिटि सदस्य यामलाल कंडेलले सत्तारुढ गठबन्धनसँग कर्णालीमा सरकार बनाउने सम्भावना कम भएको प्रतिक्रिया दिएका छन् ।
‘उहाँहरु एमाले हराउन लाग्नु भएको हो । उहाँहरुसँग सत्ता सहकार्य कसरी हुनसक्छ ? कर्णालीको विकासका लागि सहकार्यमा जान्छन कि, अरु केहि गरेर जान्छन त्यो हेर्न वाँकी छ । उनीहरुको प्रस्तुतिका आधारमा हामी उपयुक्त निर्णय लिन्छौं ।’ उनले भने, ‘मलाई जित्न कडा चुनौती केहि थिएन । सत्ता स्वार्थ नेपाली राजनीतिमा हावी भएको थियो । हाम्रो अथक प्रयासबाट वीरेन्द्रनगरका जनताले मत दिएका कारण जीत हात पारिएको हो ।’
निर्वाचनमा गरेका प्रतिबद्धताहरु एक तह सम्म सम्वोधन गरिने बताउँदै नेता कंडेलले आफ्नो दल सरकारमा गए कार्यान्वयन गर्ने र सरकारमा नगए ती प्रतिबद्धता पुरा गर्न सडक र सदनबाट आवाज उठाउने प्रतिबद्धता जनाए ।
पहिलोप्रेस
८ मंसिर २०७९, बिहीबार ०९:४२