Loading... आजः १ कार्तिक २०८२, शनिबार

विन्दमानको बधाई स्वीकार्दै यामलालले के भने ?


सुर्खेत ।
नेकपा एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट प्रदेश सभामा विजयी भएका एमाले पूर्व कर्णाली प्रदेश संसदीय दलका नेता एवम स्थायी कमिटि सदस्य यामलाल कंडेललाई सोही निर्वाचन क्षेत्र नम्बरको ‘ख’ बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बधाई दिएका छन् ।

‘ल यहाँलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना छ ।’ आफ्नो क्षेत्रको मतगणना चलिरहेको समयमा मतगणना स्थलमा आएका विष्टको बधाई ग्रहण गर्दै नेता कंडेलले जीतको शुभकामना समेत दिए ।

‘तपाईको कस्तो छ ?’ कंडेलद्धारा सोधिएको प्रश्नको उत्तरमा विष्टले भने, ‘राम्रै छ । प्रक्रियामा छ ।’ त्यसपछि उनले विष्टलाई जीतको शुभकामना समेत दिए ।


सम्बन्धित समाचार