सुर्खेत दुईमा पराजित विसी यामलालसँगै ¥यालीमा, पूर्व सांसद खड्काले लगाई दिईन खादा
सुर्खेत ।
सुर्खेत जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईमा काँग्रेस नेता हृदयराम थानीसँग पराजित भएका एमाले जिल्ला अध्यक्ष अमृत विसी एमाले नेता यामलाल कंडेलसँगै देखिएका छन् ।
सत्तारुढ गठबन्धनका विरुद्ध उम्मेदवारी दिएका विसी एमालेबाट प्रतिनिधि सभा दुई ‘ख’ बाट निर्वाचित भएका कंडेललाई बधाई दिन र उनीसँगै पार्टीको जीतमा खुशी मनाउन ¥यालीमा त्यहाँ पुगेका हुन ।
यामलाल कंडेललाई अविर तथा खादा माला लगाईरहेका समयमा उनको घाँटी खाली देखेपछि पूर्व प्रदेश सांसद पदमा खड्काले उनलाई खादाले सम्मान गरेकी हुन ।
‘हामी एक्लैले यत्रो मत ल्याउनु पनि जीत सरह नै हो । एमाले बाहेक अरु कसैले सुर्खेतको विकास गर्न असम्भव भएकै कारण जनताले मलाई अपार माया दिएका हुन ।’ अध्यक्ष विसीले भने, ‘सुर्खेत जिल्लाको विकासका लागि म निरन्तर जनतासँगै हुनेछु । हार र जीत प्राविधिक बाटो हो ।’
पहिलोप्रेस
८ मंसिर २०७९, बिहीबार १६:३५