जुम्लामा जवा तिला जलविद्युत आयोजना बन्ने
सुर्खेत ।
कर्णाली प्रदेशको जुम्ला जिल्लामा १५० मेघावाट क्षमताको जवा तिला जलविद्युत आयोजना बन्ने भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको अध्यक्षतामा बुधबारे सम्पन्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले उक्त आयोजनालाई अघि बढाउने निर्णय गरेको हो ।
‘यस परियोजनाको कार्यान्वयन पश्चात तिला र जवा नदीमा बगिरहेको नगद निःशन्देह जुम्ली जनताको जीवनमा प्रतिविम्वित हुनेछ । करिब ३५ अरब लागत अनुमान गरिएको यस ‘जीवन बदल्ने परियोजनाले केवल जुम्ली जनताको जीवनमा उज्यालोको अनुभूति दिलाउने छैन् मुलुकका लागि उज्यालो समेत निर्यात गर्ने अपेक्षा गर्न सकिन्छ ।’ पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले भने, ‘यो योजनाले कर्णालीको मुहार परिवर्तन गर्न सक्ने मेरो अपेक्षा हो ।’
पहिलोप्रेस
२२ मंसिर २०७९, बिहीबार १७:०६