Loading... आजः १ कार्तिक २०८२, शनिबार

समानुपातिकमा एक सिट पाएको नेकपा एसले खड्कालाई बनायो सांसद


सुर्खेत ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका निवासी अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कल्याणी खड्कालाई नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सांसद बनाएको छ ।

नेकपा एसकी रुकुम उपाध्यक्ष समेत रहेकी खड्का खस आर्य महिलातर्फ एक नम्बर सुचिमा थिईन । नेकपा एस उच्च स्रोतका अनुसार उनको नाममा हिजै आयोगमासिफारिस पठाइएको छ । निर्वाचन आयोगले सम्भवतः भोली उनको नाम सार्वजनिक गर्ने भएको छ ।

नेकपा एसमा बरुनाथ योगीलाई समानुपातिक कोटाबाट सांसद बनाउनु पर्ने जोडदार माग भएपनि कल्याणीले सांसद पद हात पारेकी हुन ।


सम्बन्धित समाचार