Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा को बन्ला सभामुख ? उपसभामुखमा कल्याणीको सम्भावना बढदो

नेकपा एसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कल्याणी खड्का ।

सुर्खेत ।
सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेशमा मुख्यमन्त्री भागवण्डाको अभ्यास चलिरहेको बेला कर्णालीमा को सभामुख बन्ने भन्ने चर्चा चल्न थालेको छ । मुख्यमन्त्री नेकपा माओवादीले पाएको खण्डमा सभामुख काँग्रेसले पाउने निश्चित छ भने काँग्रेसले मुख्यमन्त्री पाएको खण्डमा माओवादीले सभामुख पाउने निश्चित छ ।

यी दुई दलहरुबीच अहिले दलको नेता बन्न र मुख्यमन्त्री आफ्नो भागवण्डामा पार्न प्रयास जारी रहेको समयमा मुख्यमन्त्री पछिको दोश्रो शक्तिशाली पद सभामुख र उपसभामुख कसलाई बनाउने भन्ने बारेमा यी दलहरुबीच छलफल हुन थालेको छ ।

सुरुमा दलको नेतामा अडान लिएका माओवादी केन्द्रका राजकुमार शर्मा र विन्दमान विष्ट मध्ये एक जना दलको नेता र एक जना सभामुख बन्ने सम्भावना बढि देखिएको छ । काँग्रेसमा जानकी सिंहले सामुख पदमा दाबी गर्दै आइरहेकी छिन् । यस्तै, काँग्रेसबाट कृष्ण कुमार विसीको नाम पनि सभामुखका लागि आउने गरेको छ । सुरुमा मुख्यमन्त्री कुन दलले पाउने भन्ने कुराको निक्र्यौल नहुँदा सम्म र दलको नेता चयन नभए सम्म को सभामुख बन्ने भन्ने बारेमा दलहरुले मुख भने खोल्ने छाँट देखाएका छैनन् ।

तर, उपसभामुखमा भने नेकपा एसकी कल्याणी खड्काको सम्भावना बढेको छ । एक सिट मात्रै पाएको नेकपा एसलाई उपसभामुख पद दिदा गठबन्धनबीचत भागवण्डा पनि मिल्ने भन्दै तीनै दलले एक एक ओटापद बाँडेर लैजाने सहमति हुने निश्चित भएको हो ।


सम्बन्धित समाचार