Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले सुर्खेतमा झाँगिदैं गुट, समिक्षा वैठकमा दोश्रो पक्षलाई बोलाइएन


सुर्खेत ।
स्थानीय तहको निर्वाचनमा एकढिक्का बनेको सुर्खेत एमालेमा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनपछि गुटगत राजनीति झाँगिदै गएको छ ।

संघ र प्रदेशको निर्वाचनको समिक्षा गर्ने भनेर आज एमाले पार्टी कार्यालयमा वैठक बोलाइएपनि चौकुने पार्टी कमिटि अध्यक्ष हरि अधिकारी, एमाले केन्द्रीय सदस्य नवराज रावतलगायतको अर्को पक्षलाई एमालेले वैठकमा आउन भनेर खबर नगरेको पाइएको हो ।

आज सामाजिक सञ्जाल फेसबुकमा एमाले चौकुने पालिका कमिटि अध्यक्ष्ँ हरि अधिकारीले लामो स्टाटस लेख्दै वैठकमा आफूलाई नबोलाइएको प्रति ध्यानाकर्षण भएको बताउँदै कर्मकाण्डि समिक्षा वैठकमा आफू उपस्थित नहुने उल्लेख गरेका छन् ।

उनले यस्तो लेखेका छन्, ।
नेकपा एमाले केन्द्रिय कमिटीले गरेको निर्णय नमान्ने । उम्मेदवारलाई जिताउन नसक्ने । हारको जिम्मा केन्द्रीय कमिटीले लिनुपर्ने । १ स्थायी कमिटी,२ जना केन्द्रीय कमिटी सदस्य भएको जिल्ला केन्द्रिय कमिटीलाई ठाडै चुनौती दिने जिल्ला कमिटी, उहाँहरुलाइ जानकारी नै नदिएको हो वा चलाखी गरेको हो बैठकमा कोहि हुनुहुन्न । सुनेको जिल्ला इन्चार्ज नवराज रावत कमरेडलाई सो बैठकमा नबोलाइएको मात्रै होइन न्युनतम जानकारी नगरिएको भन्ने छ ।


आज ३ गते हुने भनिएको जिल्ला कमिटी बैठकमा म गाउँ कमिटी अध्यक्षलाइ समिक्षा बैठकमा बोलाउन आबश्यक ठानेन र बैठकमा बोलाइन्छ कि प्रतिक्षा मै थिएँ । जिल्ला कमिटीले बोलाएन । सूचना समेत दिएन । पदेन सदस्य भएकोले नबोलाएको बैठकमा नजाने मेरो स्थापित मान्यता नै छ । हिजोको प्रतिनिधि सभा समन्वय कमिटीले समेत बोलाउन आबश्यक ठानेन । जिम्मेवारीको हैसियतले पालिका मै निकट भबिस्यमा निर्बाचनको समिक्षा गर्ने नै छु ।

१) क. केपी वलि उर्फ केन्द्रीय कमिटीका निर्णयलाई ठाडै चुनौती, धम्की दिने, उम्मेदवारलाई खुल्ला हराउन लागेका कमिटी, र कमिटीका अगुवाहरुलाइ स्थायी कमिटी सदस्य आदरणीय नेता कम्रेड यामलाल कँडेल प्रमुख अतिथि रहने, आज हुने भनिएको जिल्ला कमिटी बैठकले कस्ता निर्णय गर्छ ? समिक्षा कस्तो गर्छ ? २ ‘क’ बाहेक सबै तिरका उम्मेदवार पराजित हुनुभयो ! यसको नैतिक जिम्मेवारी जिल्ला अध्यक्ष अमृत बिसि स्वयं उम्मेदवारले जिम्मेवारी लिनु हुन्छ वा कर्मकाण्डि समिक्षा !


सम्बन्धित समाचार