प्रवासी नेपाली संघ महाराष्ट्रको अध्यक्षमा महेन्द्रले उम्मेदवारी दिँदै, यस्तो छ उनको अपिल
सुर्खेत ।
नेकपा एमाले निकटको प्रवासी नेपाली संघ महाराष्ट्र राज्य समितिको अध्यक्ष पदमा दैलेखका महेन्द्र शाहीले उम्मेदवारी दिने भएका छन् । उनले लामो समय देखि आफू प्रवासी आन्दोलनमा होमिएको बताउँदै यसपटक अध्यक्षमा दाबी गर्न लागेको पहिलोप्रेससँग प्रतिक्रिया दिए ।
‘प्रवासी नेपालीहरुका समस्या समाधान गर्न मैले बारम्बार प्रयास गर्दै आइरहेको छु । यो विषयमा यहाँका हजारौं नेपालीलाई राम्रोसँग जानकारी नै छ ।’ हाल प्रचारप्रसार संयोजक रहेका शाहीले भने, ‘हाल म राज्य सम्मेलन आयोजक समितिको प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारीमा रहेको छु । कम्युनिष्ट आन्दोलनको रक्षा गर्न, प्रवासी नेपालीका पीडामा मल्हम लगाउन मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’
उनले सामाजिक सञ्जालमार्फत प्रवासी नेपालीलाई अपिल समेत गरेका छन् ।
आदरणीय प्रवासी नेपाली संघ भारतका अग्रज नेतागण ज्युहरु, महाराष्ट्र राज्य सम्मेलन आयोजक समिती संयोजक ज्यु, सम्मेलन आयोजक समितिका सम्पुर्ण सहयोद्दा साथिहरु लगायत विभिन्न नगर समितिबाट सम्मेलन प्रतिनिधिको रुपमा चिनिनु भएका प्रतिनिधि साथिहरु सम्पुर्णमा सादर नमस्कार !
आज हामी प्रवासी आन्दोलनको मुलधारमा रहेको हाम्रो प्यारो अनि साझा संगठन प्रनेसंघ भारतको महाराष्ट्र राज्य समितिको आठौं राज्य सम्मेलनको महत्त्वपूर्ण परिस्थितिको सन्निकटमा छौं ।
नेपालमा बामपंथी दलहरुको एकताको प्रयास संगै उत्पादन राजनैतिक अन्यौलता र विश्वभरी फैलिएको प्राणघातक महामारी कोविड १९ को कारणले सिर्जित अनुकुल परिस्थितिमा तत्कालीन अवस्थामा रहेको महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको सातौं राज्य सम्मेलनको लामो समयपछि हाल गुजरात अलग राज्य समितिको रुपमा स्थापित भैसकेको छ भने महाराष्ट्र एकल राज्य समितिको रुपमा आफ्नो आठौं राज्य सम्मेलनको आयोजना मा रहेको यहाहरु सबैलाई अवगत नै छ ।
आदरणीय साथिहरु प्रनेसंघ भारत कै एक अब्बल राज्य समितिको रुपमा आफुलाई उभ्याउदै आएको यश राज्यसमितिलाई एकल राज्यको दर्जामा पनि आफ्नो उत्कृष्टतालाई कायम राखिरहन चुनौती थपिएको छ भने अर्कोतिर नेपालमा पार्टी विभाजन र तेस्को प्रभावमा हाम्रो संगठनमा र यश राज्यमा पनि त्यसको असर संगै नेतृत्वमा फरक धारहरु उत्पन्न भएका थिए भने केही हदसम्म ती हालसम्म जिवित छन,त्यसको पुर्णरुपमा अन्त्य गर्दै राज्यलाई पुर्णरुपमा एकताबद्ध गरि प्रवासी आन्दोलन र प्रवासी नेपालीहरुको हक, हित, अधिकार र संरक्षणमा केन्द्रित हुँदै राज्यमा कुनै किसिम को मतभेद,विभेद र अन्तुष्टि नरहेको संदेश सिङ्गो संघलाई पुर्याउनुपर्ने दायित्व पनि अब बन्ने नेतृत्वको काँधमा रहने छ ।
आदरणीय साथिहरु, म यस संगठनमा आवद्ध भएदेखी हालसम्म संघको विभिन्न तहको जिम्मेवारीमा रहि आफ्नो जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्दै आएको र पछिल्लो समयमा यस राज्यको सचिब हुँदै हाल राज्य सम्मेलन आयोजक समितिको प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारीमा रहेको कुरा यहाँहरु समक्ष सर्ववित्तिद नै छ।
नेपालमा भएको बामपंथी धुर्विकरणको प्रयास र त्यसको असफलता संगै मुल पार्टिमा उत्पन्न विवाद र विद्रोह हुदै पार्टी विभाजन सम्मको परिस्थितिमा रहेका फरक धारको असर संघको नेतृत्वमा र हाम्रो राज्यसमितिमा पनि पर्नु स्वभाविक थियो र पर्यो नै । त्यसको सामाधानको लागि महाराष्ट्रको हकमा कार्यदलको सदस्यमा रहि राज्य समिती र नेतृत्वलाई एकताबद्ध गर्ने प्रयासमा मेरो भुमिका महत्त्वपूर्ण रहेको पनि यहाहरु सबैलाई जगजाहेर छ । यत्ति मात्र नभै संगठन को आवस्यकता अनुसार नेतृत्वले दिएको जिम्मेवारीलाई पूरा गर्न व्यक्तिगत जिम्मेवारी लाई मैले र मेरो विवेकले भ्यएसम्म पूरा गरेको छु ।
तसर्थ संघको विधि,विधान, उदेश्य र कार्यक्रम को अधिनमा रहि संघले निर्दिष्ट गरेको जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा सन्चालित हुँदै सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारिको मुर्णरुपमा पालना गर्दै गराउदै, आदरणीय अग्रजहरुको मार्गदर्शन र यहाहरु सम्पुर्णको सकारात्मक सुझाव सहितको साथ र सहयोगमा प्रवासी आन्दोलनमा र प्रवासी नेपालिहरुको हक, हित, अधिकार र संरक्षणमा मेरो क्षमता र विवेकले भ्ययसम्मको योगदान पुर्याउने प्रतिबद्धता सहित यश सम्मेलनमा राज्य समिती अध्यक्ष पदमा मेरि उम्मेदवारी रहने कुरा यहाहरु सबैलाई जानकारी गर्दछु ।
साथै मेरो यश कदममा यहाहरु सम्पुर्ण को साथ समर्थन र सहयोग रहने छ भन्ने अपेक्षा सहित पुर्ण विश्वास र आग्रह गर्दछु । धन्यवाद !
पहिलोप्रेस
३ पुष २०७९, आईतवार ०७:०५