वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि महोत्सव हुदै, चार करोड बढीको कारोवार हुने अपेक्षा
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी एवम् पर्यटन महोत्सव–२०७९ हुने भएको छ । आगामी माघ १३ गतेबाट सुरु भई नौ दिनसम्म चल्ने उक्त महोत्सव कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रबर्द्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा ५ पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । उक्त मेला तथा प्रर्दशनीबाट करिब ४ करोड रुपैयाँको कारोवार हुने अनुमान आयोजकको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको प्रर्दशनसँगै पहिलो पटक हिटर व्यालुन उडाउने मेलामा राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले विसीले जानकारी दिए ।
महोत्सवमा प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सामाग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मञ्च तयार गर्ने मेला आयोजक समितिका संयोजक विसीले बताए ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार–प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार–प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पु¥याउने आशा आयोजकको रहेको छ ।
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार ११:२२