Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा माघ १ गते सभामुख र उपसभामुखको निर्वाचन हुने, सभामुखमा एमाले र माओवादी उपसभामुखमा उम्मेदवारी दिदैं

सुर्खेत ।
कर्णाली प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन माघ एक गते हुने भएको छ । यसका लागि प्रदेश सभा सचिवालयले विज्ञप्ती समेत जारी गरिसकेको हो ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार यहाँ सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख माओवादीको भागमा परेको हो ।

प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेश सभा नियमावलीको नियम ७ बमोजिम माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचनको मिति तोकेका हुन् ।

प्रदेश सभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्रमा सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।


सम्बन्धित समाचार