एमालेका सांसद हस्ताक्षर गर्न तयारी अवस्थामा, सत्ता भागवण्डाबारे एमाले र माओवादीका इन्चार्ज छलफलमा
सुर्खेत ।
कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा माओवादीलाई भागपरेपछि आधा आधा कार्यकाल मुख्यमन्त्री हुन पाउनुपर्ने दाबी गरेको एमाले र माओवादीका प्रदेश इन्चार्जहरु सत्ता भागवण्डाको अन्तिम रुप दिन अन्तिम गृहकार्यमा जुटेका छन् । मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दावी गर्ने भएका हुन ।
मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ पाँच बजेसम्मको समय दिएका प्रदेश प्रमुखले त्यसको अन्तिम तयारी हुन लागेको स्रोतले बतायो ।
‘एमाले प्रदेश इन्चार्ज एवम दलका नेता यामलाल कंडेल र माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्लबीच सत्ता भागवण्डाको अन्तिम तयारी भइरहेको छ ।’ स्रोतले भन्यो, ‘एमालेका सांसदहरुलाई हस्ताक्षर गर्न तयारी अवस्थामा रहन भनिएको छ । भागवण्डा मिल्ने वित्तिकै एमाले सांसदहरु हस्ताक्षर गर्न जाने र त्यो हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी गर्न शर्मा जाने तयारी छ ।’
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार १४:०६