अन्ततः कर्णालीमा पुरा हुने भयो यामलालको मुख्यमन्त्री हुने चाहना, आधा-आधा कार्यकाल माओवादी एमालेले बाँडे
सुर्खेत ।
प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न साढे एक घण्टा मात्रै बाँकी रहेको समयमा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको छ ।
केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।
अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मासाढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।
अन्ततः झण्डै सात वर्ष पछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो ।
यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् ।
आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार १५:३९