कर्णालीमा मन्त्रालयको संख्या आठबाट सात पुग्यो, यस्तो छ मन्त्रालयको भागवण्डा
सुर्खेत ।
यसअघि आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा राजकुमार शर्मा नेतृत्वमा बन्ने सरकारले सात मन्त्रालय मात्रै बनाउने भएको छ ।
माओवादी र एमालेका कर्णाली प्रदेशका शीर्ष नेताहरुको सहमति अनुसार अब कर्णालीमा सात ओटा मात्रै मन्त्रालय रहने भएका हुन । यसअघि आठ मन्त्रालय थिए ।
अब कर्णाली सरकारको नेतृत्व राजकुमार शर्माले सुरुमा गर्नेछन भने माआवादी केन्द्रबाट तीन जना मन्त्री सरकारमा सहभागि हुनेछन् ।
यस्तै, एमालेबाट पनि तीन जना मन्त्री सरकारमा सहभागि हुने सहमति भएको एमाले प्रदेश उपसचिव टेकराज पछाईले जानकारी दिए ।
साढे दुई वर्ष पछि एमाले संसदीय दलका नेता यामलाल कंडेल बन्दा माओवादी र एमालेबाट तीन तीन जना मन्त्री सहभागि हुने र मुख्यमन्त्रीलाई साझा बनाईने स्रोतको दाबी छ ।
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार १६:१०