कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्मा भन्छनः गरिवि अन्त्य गर्ने अभियानको थालनी गर्छौं (पहिलो अन्र्तवार्ता)
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकुमार शर्मा नियुत्तः भएका छन् । एमाले स्थायी कमिटि सदस्य यामलाल कंडेलको प्रस्ताव तथा नेकपा एस की कल्याणी खड्काको समर्थनमा उनलाई प्रदेश प्रमुख तिलक परियारले पाँच बजे मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि पहिलोप्रेसले गरेका केहि प्रश्नहरुको उनले जवाफ समेत दिएका छन् । प्रस्तुत छ उनिसँग सपथ ग्रहण पछि लिइएको पहिलो अन्र्तवार्ताः
कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नु भएको छ । कर्णालीको चुनौतीको चाङलाई कसरी लिनु भएको छ ?
सकारात्मक चुनौतीको रुपमा लिएकोछु । कर्णालीका आमजनतासँग सहकार्य गरेर अगाडी बढने नीति लिईन्छ । हाम्रो संसदीय दलहरु भित्र पनि व्यापक छलपल गर्नेछौं । संसद भित्र पनि व्यपाक बहस, छलफल गर्नेछौं । त्यसपछि नीति निर्माण गरेर त्यहि नीति लागु गर्नेछौं । जुन हामीले निर्णय गर्ने नीतिलाई जनताले अपनत्व लिनेछ र हामी जनतासँगै सहकार्य गरेर अगाडी बढनेछौं ।
हाम्रा प्राथमिकता भनेको कर्णालीका गरिवी जो छ, गरिवी चाही अन्त्य गर्ने एउटा अभियानमा हामी अगाडी बढनेछौं र त्यसको थालनी गर्नेछौं ।
चार ओटा दलहरु सहभागि छन, कसरी अघि बढनु हुन्छ ?
नीति तथा कार्यक्रममा पनि सल्लाहमै ल्याउँछौं ।
भोली सपथ खाँदै गर्दा मन्त्री थप गर्नुहुन्छ की ?
अब हामी आज दलहरुबीच छलफल गर्छौं । भोली हामी एउटा आकार दिन्छौं ।
अघिल्लो सरकारले ल्याएको बजेट पुनरावलोकन हुन्छ कि ?
त्यहाँ गएर सबै कुरा हेरेपछि भन्न सकिएला त्यो कुरा ।
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार १७:३१