मन्त्रालय घटाउने बारे यामलालको प्रतिक्रियाः यो सांकेतिक सुधार हो, सबै थोक होईन
सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेलले कर्णालीमा मितव्ययिता कायम गर्न मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।
नयाँ मुख्यमन्त्री राजकुमार शर्माका प्रस्तावक समेत रहेका नेता कंडेलले मन्त्रालय घटाउने निर्णय सांकेतिक सुधार मात्रै भएको, सबैथोक नभएको प्रतिक्रिया दिएका हुन ।
‘हामीले जनताको निम्ति, कर्णाली प्रदेशका निम्ति केहि गरौं भन्ने अवस्था रहन्छ तर नेपाली राजनीतिमा गर्ने भन्दा व्यक्तिका इच्छा, चाहनाहरु पुरा गर्ने गरि संरचनाहरु बदल्ने, पदहरु सिर्जना गर्ने जुन तरिका थियो त्यसलाई थोरै भएपनि बदलौं भन्ने उदेश्यका साथ, सबैको मनोविज्ञान, सबैको माग पुरा गरेको कुरालाई सम्वोधन गर्नका निम्ति संख्या घटाईको हो ।’ उनले थपे, ‘यो सांकेतिक सुधार हो । यसैले नै सबैथोक केहि हुँदैन ।’
उनले सरकार ढाँइ ढाइ वर्ष चलाउने सहमति भएको भन्दा प्रश्न टार्दै सरकार बनिसकेको प्रतिक्रिया दिए ।
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार १७:५१