Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

आज दिउँसो तीन बजे मुख्यमन्त्रीसँगै थप दुई मन्त्रीले सपथ खाँदै

एमाले र माओवादीले एक-एक मन्त्री पठाउँदै

सुर्खेत ।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै थप दुई मन्त्रीले आज दिउसो तीन बजे प्रदेश प्रमुख तिलक परियारबाट सपथग्रहण गर्ने भएका छन् ।

आठ मन्त्रालयबाट घटाएर सात मन्त्रालय पु¥याएका माओवादी र एमालेले आज थप एक–एक मन्त्रीलाई समेत सपथ ग्रहण गराउने भएका हुन ।

‘मन्त्रीबारे एमाले र माओवादीले टुंगो लगाइसकेपनि अहिले सार्वजनिक नगर्ने दुवै दलमा सहमति भएको छ ।’ एमाले उच्च स्रोतले पहिलोप्रेससँग भन्यो, ‘अहिले नै नाम सार्वजनिक गर्दा अरु सांसदको मन दुख्ने भएकाले उच्च राजनीतिक नेतृत्वले सार्वजनिक गर्न नचाहेको हो ।’

को मन्त्री बन्दैछन भन्ने प्रश्नमा माओवादी अध्यक्ष विमला केसिले बताउन चाहिनन् । ‘अलि पछि थाहा पाइहाल्नुहुन्छ नि ?’ उनले थपिन, ‘अहिल्यै किन हतार गर्नुहुन्छ ?’

 

 


सम्बन्धित समाचार