Loading... आजः २४ पुष २०८१, बुधबार

एमालेबाट विनाविभागिय मन्त्री बन्दै शाह

सुर्खेत ।
नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’बाट निर्वाचित विनोद कुमार शाह आज विनाविभागिय मन्त्री बन्ने भएका छन् ।

एमाले स्रोतका अनुसार उनको नाममा भर्खरै सहमति भएको हो । अहिले चार बजे मुख्यमन्त्री राजकुमार शर्मासँगै प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्ने भएका हुन ।

‘उहाँले अब सपथ ग्रहण गर्नुहुनेछ । उहाँले माओवादी नेतृत्वको सरकारमा एमालेबाट प्रतिनिधित्व गर्नुहुनेछ ।’ स्रोत भन्छ, ‘मन्त्रालयको जिम्मेवारीबारे दुइ दलबीच सहमति भइसकेपछि मात्रै निर्णय हुनेछ ।’


सम्बन्धित समाचार