माओवादीबाट मुगुका शाही मन्त्री बन्दै
सुर्खेत ।
नेकपा माओवादी केन्द्रको तर्फबाट कर्णाली प्रदेश सरकारमा विना विभागिय मन्त्रीको रुपमा मुगु ‘ख’बाट निर्वाचित सांसद मंगल शाही मन्त्री बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रको भर्खरै सम्पन्न वैठकले उनलाई सिफारिस गरेको हो ।
उनीसँगै मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्री विनोद कुमार शाहले प्रदेश प्रमुख तिलक परियारबाट सपथ खाने भएका हुन ।
पहिलोप्रेस
२८ पुष २०७९, बिहीबार १६:०८